- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापानको सोनी कम्पनीको नाफा बढ्यो

April 27, 2019
1094
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टोकियो, १३ बैशाख (रासस-एएफपी) । जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ ।

मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर (९१६ अर्ब जापानी येन) पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ ।

कम्पनीको बिक्रीमा १।४ प्रतिशत वृद्धि भई ८९४ अर्ब यान पुगेको छ ।कम्पनीको नाफा वृद्धि हुनुमा मुख्यतः अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् ।

प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -