- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मिलेमतोमा छाडियो ६७ करोड पुँजीकर लाभकर

April 24, 2019
862
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ११ बैशाख २०७६ । भूमाफियाहरूले राजधानीमा रहेका विभिन्न मालपोत कार्यालयका कर्मचारीसँगको सेटिङमा ६७ करोड पुँजीगत लाभकर ठगी गरेको पाइएको छ । भूमाफिया र मालपोट कर्मचारीको मिलेमतोमा पुँजीगत लाभकरको नाममा राज्यकोषमा दाखिला हुनुपर्ने ६७ करोड ४ लाख २९ हजार रुपैयाँ गुमेको महालेखापरीक्षकको प्रतिवेदनले औल्याएको छ ।

मालपोत कार्यालयका कर्मचारीको मिलिमतोमा आर्थिक वर्ष २०७४/७५ मा मात्रै सो रकम गुमेको हो । महालेखा परीक्षक कार्यालयका अनुसार उपत्यकाका डिल्लीबजार, भक्तपुर, साँखु, चाबहिल, कलंकी, ललितपुर, टोखाका मालपोत कार्यालयले त्यति धेरै परिमाणको पँुजीगत लाभकर असुल नगरेका हुन् । महालेखाका अनुसार मालपोत कार्यालय डिल्लीबजारले १९ करोड ६० लाख ३६ हजार, भक्तपुरले ४ करोड १८ लाख रुपैया असुली गर्न बाँकी रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, मालपोत कार्यालय साँखुले १ करोड ३० लाख, २१ हजार, चाबहिलले ५ करोड १९ लाख ५७ हजार, कलंकीले ७ करोड ५३ लाख ५८ हजार, मालपोत कार्यालय ललितपुरले २६ करोड ३५ लाख ९१ हजार र मालपोत कार्यालय टोखाले २ करोड ६ लाख ६६ हजार लाभकर असुल नगरी छोडिदिएको महालेखाको भनाई छ ।

मालपोतका कर्मचारीलाई प्रभावमा पारी सरकारी जग्गासमेत व्यक्तिका नाममा दर्ता गराउन सफल भूमाफियाहरूले राज्यकोषमा तिर्नुपर्ने करोडौं रुपैयाँ पनि सेटिङमै मिलाएका हुन । महालेखाका अनुसार मालपोत कार्यालय कलंकीले ५ निसर्गकर्ताबाट ५ प्रतिशतले असुल गर्नुपर्नेमा २.५ प्रतिशतका दरले १८ लाख ३९ हजार, मालपोत कार्यालय पर्साले ९ निसर्गकर्ताबाट ४४ लाख ४१ हजार लाभकर लिएको पाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै मालपोत कार्यालय मोरङले २५ निसर्गकर्ताबाट ३४ लाख ५७ हजार र अन्य ११ कार्यालयले ५७ निसर्गकर्ताबाट १ करोड ३५ लाख ४२ हजारसमेत गरी २ करोड ३२ लाख ७९ हजार घटी पुँजीगत लाभकर लिएर अनियमितता गरेको पाइएको हो । अनियमितता गर्ने पदाधिकारीलाई छानबिन गरी सो रकम असुलउपर गर्न महालेखाले सरकारलाई निर्देशन दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com