काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसले भोलिदेखि शुरु गर्ने भनिएको देशव्यापी जागरण अभियान स्थगित भएको छ ।
पूर्व मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने जनाउँदै कार्यक्रमलाई स्थगित गरेकाे छ ।
बि स २०४८ र ०५६ मा रुपन्देही २ बाट सांसदमा निर्वाचित भएका ताम्राकारको निधनभएपछि कांग्रेसले तीन दिनका लागि राजनीतिक कार्यक्रम स्थगित समेत गरेको हो ।
कांग्रेस एक नेताकाअनुसार स्थगित कार्यक्रम यही बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । कांग्रेसले यसअघि नै वैशाख ११ गते लोकतन्त्र दिवसका दिनदेखि देशव्यापी जागरण अभियानको शुरुवात गर्ने घोषणा गरेको थियो ।
आफू नेतृत्वको सरकारले गरेका राम्रा काम र वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयको कार्यकर्ता र जनतामा जानकारी दने भन्दै कांग्रेसले जागरण अभियान कार्यक्रम गर्न लागेको हो ।