- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले भ्रष्टाचारविरूद्ध वैशाख १५ गते देशैभरका जिल्ला प्रशासन कार्यालयबाट ज्ञापनपत्र बुझाउने

April 23, 2019
1320
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, वैशाख १० गते । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले भ्रष्टाचारविरूद्ध वैशाख १५ गते देशैभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।

कांग्रेसले बुधबारदेखि सुरू गर्ने राष्ट्रिय जनजागरण अभियानमा सक्रियतापूर्वक सरिक हुन तरुण दलका सभापति जीतजंग बस्नेतले तरुणका जिल्ला समितिलाई निर्देशन पठाउँदै भ्रष्टाचारविरूद्ध अभियान गर्ने भनेका छन्।

- ADVERTISEMENT -

Advertisement

साथै, तरुण दलले मालपोत, यातायात, नगरपालिकालगायत सरकारी कार्यालयमा सेवाग्राहीलाई सघाउन पनि निर्देशन दिएको छ।

‘मालपोत, यातायात, नगरपालिकाजस्ता जनसरोकारका कार्यालयमा सेवाग्राहीलाई पर्ने बाधा व्यवधानलाई मध्यनजर गरी सेवाग्राहीलाई सहयोग गर्ने/गराउने,’ महासचिव भुपेन्द्रजंग शाहीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

- ADVERTISEMENT -

Advertisement

तरुण दलले देशैभर सडकमा मेटिएका जेब्राक्रसमा रङ लगाउन पनि जिल्ला समितिलाई निर्देशन दिएको छ।

‘मेटिएको जेब्रा क्रसिङमा पेन्टिङ सुरू गर्ने,’ उल्लेख छ।

गाउँ/नगर समितिलाई जागरुक बनाएर एक महिने सरसफाइ अभियान गर्न पनि आग्रह गरिएको छ।

तरुण दलले भ्रष्टाचारविरूद्ध मेची-महाकाली अभियान चलाउने भएकोले तयारी अवस्थामा रहन पनि जिल्लाका तरुणलाई निर्देशन दिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com