२०८३ जेठ ५, मंगलबार
३:४७:५६ राति
- ADVERTISEMENT -

गोरखाको लाप्राकको गुप्सीपाखामा अहिले मनोमोहक दृश्य

प्रकाशित मिति: २०७६ वैशाख १०, मंगलबार

1233
Shares

काठमाडौं, वैशाख १०

२०७२ साल बैशाख १२ गतेको महाविनासकारी भुकम्पले क्षतविक्षत भएको गोरखाको लाप्राकको गुप्सीपाखामा अहिले मनोमोहक दृश्य देखिन्छ । लाग्छ यहा कुनै त्यस्तो दुखत घटना घटेको थियो भनेर । रातो र सेतो रंगका भित्ता एंव खैरो रंगका छाना भएका घर देख्दा सबैको मन लोभिन्छ ।

धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गरिरहेको एकीकृत नमुनाबस्ती अहिले अन्तिम चरणमा पुगेको छ । ५ सय ७३ घर अन्तिम चरणमा पुगेको र हालसम्म चार सय ५० घरको छानो छाईसकेको एनआरएनएका साईट इन्चार्ज लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

‘सबै घरमा ट्रस हालिसकेका छौं, सबै घरमा पहिलो तलाको काम सकियो भने दोस्रो तलाको पनि ८५ प्रतिशत काम पूरा भएको छ,’ उहाले भन्नुभयो । ४७५ घरमा रंग लगाइसकेको अवस्था छ भने तल्लामा काठ छाप्ने काम बाँकी छ । घरमा झ्यालढोका राख्ने क्रम पनि सुरु भएको छ ।

एकीकृत बस्ती निर्माणमा १६० जना नेपाली सेनासहित ४५० कामदार परिचालन भएका छन् । गुप्सीपाखाको १८.३ हेक्टर जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण गरिएको हो । २०७३ माघमा बस्ती शिलान्यासका क्रममा एनआरएनका तात्कालीन अध्यक्ष शेष घलेले एक वर्षभित्र लाप्राकवासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता गर्नुभएको थियो । तर, २०७४ असोजसम्म काम नसकेपछि एक वर्षको समय थपिएको थियो । असोजमा पनि निर्माण नसकिएपछि घर हस्तान्तरणका लागि वैशाख १२ गतेको म्याद राखिएको थियो । यद्यपि, यो मितिमा पनि बस्तीको सबै संरचना निर्माण नहुने देखिएको छ ।

नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनाइएको छ । लाप्राक नमुना बस्ती गुरुयोजनाअनुसार सबै एकै प्रकारका २ तले ४ कोठे घर बनाइएको छ । पहिलो तलामा सिमेन्ट, इँटा र बालुवाको प्रयोगले बनाइएको छ भने दोस्रो तल्लामा एसी ब्लक प्रयोग गरिएको छ । ट्रस हालेर पीभीसी पाताले छाइएको छ ।

प्रत्येक घरमा शौचालय तथा सडक निर्माणको काम सुरु गर्ने परियोजनाका प्रोजेक्ट म्यानेजर सुवास अधिकारीले जानकारी दिनुभयो । स्थानीयको श्रमदानसमेत गरी प्रतिघर लागत १२ लाख रुपैयाँ रहेको एनआरएनएले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -