काठमाडौँ, ९ बैशाख २०७६ । अहिलेका चर्चित म्हेन्दोमाया मोडेल, नायिका अनि गायिका रुपा एस घलेको पहिलो निर्देशनमा (तोङ्पे गङ मोङ्पे गङ ) म्हेन्दोमाया गीतको म्युजिक भिडियो Lhapsangkarpo Music Center (P।) Ltd बाट युटुबमा सार्बजनिक गरिएको छ ।
तोङ्पे गङ मोङ्पे गङ गीतमा चर्चित म्हेन्दोमाया गायक रोम लामा र चर्चित गायिका बिना घले लोप्चनको सुमधुर आवज रहेको छ । शब्द सङ्गीत बिनोद तामाङ , सङ्गीत संयोजक कमल सौराग, रेकर्डिङ डिजिटल काठमाडौं स्टुडियो र मिक्सिङ डिका गुरुङको रहेको छ ।
यस गीतको छायांकन किम्ताङ – ४ म्यागङ गाउँ पालिका नुवाकोट जिल्लामा गरिएको हो र यस म्युजिक भिडियोमा किम्ताङ गाउँ र वरिपरिको रमणिय दृश्यहरुलाई भिडियोमा कैद गरिएको छ ।
छायाङ्कनमा प्रकाश वाईबा तामाङ, निर्देशन रुपा एस घले, रोशन फ्युबा तामाङको रहेको छ । यस गीतको म्युजिक भिडियोमा चर्चित मोडेल तथा नायक आराम्भ तामाङ र रुपा एस घलेको अभिनय रहेको छ ।
तोङ्पे गङ मोङ्पे गङ सुटिङ युनिटले यो गीतको म्युजिक भिडियो धेरै राम्रो बनेको र अलिक पृथक धारको बनाइएको र धादिङ ,नुवाकोट र रसुवाको तामाङ समुदायहरुको भेषभुषा र संस्कारलाई म्युजिक भिडियोमा समेटिएको बताउनु भयो ।
सम्पुर्ण म्हेन्दोमाया गीत सङ्गीत लाई मन पराउनु हुने शुभ चिन्तक दर्शकबृन्द हरुमा अनुरोध छ l एकपल्ट म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिनुहुनको लागि तोङ्पे गङ मोङ्पे गङ सम्पूर्ण टिम अनुरोध गर्दछ ।