बेनी, ९ बैशाख २०७६ । बिगत १४ बर्षयता शारीरिक रुपमा अपांगताका कारण पिडामा छटपटाइरहेका म्याग्दी बेनी नगरपालिका-२ ज्यामरुककोटका ३५ बर्षिय कृष्ण बहादुर घिमिरेले देशबिदेशमा रहेका सबैलाई आर्थिक अभाबका कारण सहयोगको लागि अपिल गरेका छन ।

घिमिरेको २०६१ साल फागुन १९ गतेका दिन घरको नजिकै बाँसको घाँस काट्ने क्रममा लडेर मेरुदण्ड भाचिनुका साथै शरीरका विभिन्न अंगहरुमा ठुलो चोट लागेको थियो ।

तत्कालीन समयमा आफन्तको सहयोगमा जिल्ला अस्पतालमा उपचार गराएपछि ५० प्रतिशत घाउ निको भएको थियो । पिडित घिमिरेले भने सानो घाउ त ठिक भयो ठुलो घाउ झन बढ्दै गएकोले उठ्न बस्न समेत गार्‍हो भैरहेको छ । घिमिरेको बस्ने ठाँउ अगिपछी, पेट, मेरुदण्ड लगायतका अङगहरुमा घाउ बल्जिरहेको छ ।

घाउ पोलेर सहि(नसक्नु हुन्छ पीडित घिमिरेले रुदै भने मेरो आर्थिक अवस्था बलियो भएकोभए किन घाउ पालेर मृत्यु कुरेर बस्नुपर्थ्यो । जीवन मरणको दोसाँधमा रहेका घिमिरे ह्युलचियरको मद्दतले भित्रबाहिर गर्ने गर्दछन ।

आर्थिक अवस्था नाजुक रहेकोले सहयोगको माग गरेको हो पीडित घिमिरेकी श्रीमती दुर्गा कुमारी घिमिरेले भनिन् बिहान बेलुकी छाक टार्न समेत धौ भएको छ । उनले देश बिदेशमा रहेका सबैलाइ सहयोग गरि श्रीमानको उपचारमा सहयोग गरिदिन अनुरोध गरेकी छन ।

आर्थिक अवस्था नाजुक रहेका घिमिरेका २ छोरा रहेका छन । २ छोराहरु नजिकैको स्कुलमा निसुल्क अध्ययन गर्दै आएका छन भने पीडित घिमिरेकी श्रीमती एक बोर्डिङमा पिएन जागिर गरेर दैनिक गुजारा चलाइरहेकी छन ।
पीडित घिमिरेको लागि कृष्ण बहादुर घिमिरे क्षेत्रीको नाममा माछापुच्छ्रे बैंकको युवा बचत खाता नम्बर २९-४०-५२४-६४३४२४-०१-८ मा सहयोग जम्मा गर्न सकिने बताइएको छ साथै ९८०५१५४६०५ मोबाइलनं मॉ सम्पर्क गर्न सक्नु हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्