- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीको प्रश्न : नेकपा फुट्ने थाहा पाउने ज्योतिषी हामी जुट्दा कता थिए ?

April 22, 2019
1037
Shares
- ADVERTISEMENT -

काठमाडौं, चैत्र ९

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारविरुद्ध विभिन्न शक्तिले नकरात्मक सन्देश फैलाउने क्रम जारी रहेको बताउनु भएको छ । उहाले पछिल्लो समय ज्योतिषीको प्रयोग हुन थालेको समेत बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवसका अवसरका नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले ज्यातिषले समेत नेकपा फुट्छ भनेर भविष्यवाणी गर्न थालेको बताउनु भयो । ‘नेकपा फुट्छ भन्ने ज्योतिषले दुई पार्टी मिल्छन् भन्ने किन थाहा पाएनन् ?’, उहाले भन्नुभयो, तत्कालिन नेकपा एमाले र माओवादी मिल्दा ति ज्योतिषी कहा थिए, त्यतिबेला पनि ग्रह दशा केही थियो होला नि, जुट्छन् भनेर किन भन्न सकेनन् ।’

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले ज्योतिषको भन्दा पनि २ करोड ८० लाख जनतको कुरा सुनेर हिँडेको बताउनु भयो । उहाले विगतमा अर्थतन्त्र खोक्रो बनाएर छोडेकाले वृद्धा भत्ता बढाउन नसकिएको स्पष्ट पार्दै यो वर्ष बढाइने घोषणा पनि गर्नुभयो । ‘यो आर्थिकवर्षमा बृद्धाभत्ता बढेन भनेर बासुरी बजाईरह्यो’, उहाले भन्नुभयो,‘त्यस बेला मुलुकको अर्थतन्त्र खोक्रो बनाएर छाडिएकाले सकिएन, तर अब यो बजेटमा बढ्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -