- ADVERTISEMENT -
- ADVERTISEMENT -

कम्युनिष्ट पार्टीका ७० औं स्थापना दिवस

April 22, 2019
1037
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ९ बैशाख २०७६ । कम्युनिस्ट पार्टी स्थापनाको चार वर्षपछि २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो । त्यस महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित हुनुभयो । दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव हुनुभयो । तर शुरुदेखि रायमाझी दरवार निकट रहनु भएकाले २०१७ सालमा पहिलो पटक पार्टी विभाजन भयो ।

वि।सं। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई काराबास पठाएको घटनालार्ई केशरजङ्ग रायमाझीले स्वागत गर्नुभयो । पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी रायमाझीको विपक्षमा उभिनुभयो, पार्टी विभाजनको रेखा त्यहीबाट कोरियो ।

समयक्रममा पूर्व मेची कोशी प्रान्तीय कमिटी पनि बन्यो तर अर्कोतिर रायमाझी समूह तयार भयो । त्यसपछि २०२५ सालमा पार्टी पुनः विभाजनमा प¥यो । २०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस गरी दुईटा समूह बन्यो । एउटाको नेतृत्व सिपी मैनाली र अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गर्नुभयो ।

२०३८ सालमा रायमाझी समूह पनि विभाजन भयो । २०२८ सालतिर केपी शर्मा ओली झापाली समूहको सक्रिय युवा नेता हुनुहुन्थ्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतिबेलाका कुनै धारमा नभए पनि पुष्पलालसँग राम्रो सम्बन्ध बनाउनुभएको थियो । तर उहाँ पुष्पलालसँग बस्नु भएन । उहाँ मोहनविक्रम सिंहसँग रहनुभयो ।

यता, झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल को–अर्डिनेसन कमिटी बनायो । यही समूह मिलेर २०३५ मा सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बन्यो । वि।सं। २०३६ सालमा मनमोहन अधिकारीले गठन गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी जनमत संग्रहमा बहुमतको पक्षमा लाग्यो । तर त्यतिबेला गठन भएको मालेले जनमतसंग्रह बहिष्कार ग¥यो ।
पुष्पलालको निधनपछि उहाँको समूहलाई सम्हाल्दै आउनुभएका बलराम उपाध्याय र साहना प्रधानले २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बनाउनुभयो ।

वि।सं। २०४६ को जनआन्दोलनमा मनमोहन सिहं नेतृत्वको पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा गठन गरेको थियो । जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि नेकपा माक्र्सवादी र नेकपा माले बीच एकता कायम भयो । एकतापछि एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो र त्यसको महासचिवमा मदन भण्डारी हुनुभयो ।

वि।सं। २०५० जेठ ३ गते मदन भण्डारीको निधनभएपछि माधवकुमार नेपाल महासचिव बन्नुभयो । महाकाली सन्धिलाई लिएर पार्टीमा विवाद हुँदा वामदेव गौतमले २०५४ सालमा पार्टी फुटाएर सिपी मैनालीसँग मिलेर माले गठन गर्नुभयो । पछि वामदेव गौतम एमालेमै फर्किनुभयो ।

जनमत संग्रहमै २०३६ मा मोहनविक्रम सिंहको चौथो महाधिवेशन पनि विभाजित भयो । त्यसबाट निर्मल लामा निस्केर नेकपा (चौम) गठन गर्नुभयो । मोहनविक्रम सिंहको साथमा रहनुभएका ‘प्रचण्ड’ सक्रिय नेता हुनुहुन्थ्यो । त्यसक्रममा २०४१ सालको पाँचौं महाधिवेशनबाट मोहन वैद्य (किरण) महामन्त्री हुनुभयो । पछि सो पार्टीबाट फेरि मोहनविक्रम सिंह अलग हुनुभयो ।
मोहन वैद्यले नेकपा मशाल बनाउनु भयो र मोहनविक्रमले मोटो मशाल बनाउनुभयो । प्रहरी बुथ आक्रमण गर्ने सेक्टर घटनापछि बैद्य नेतृत्वमा रहनु भएन । २०४५ सालमा नेकपा मशालले प्रचण्डलाई महामन्त्री बनायो ।

पञ्चायतको अन्त्य र बहुदलको पुनःस्थापनपछि प्रचण्ड नेतृत्वको पार्टी नेकपाले मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाउने निर्णय ग¥यो ।
एकताको दुई वर्ष नबित्दै सशस्त्र युद्धको विषयलाई लिएर सो पार्टीमा मतभेद शुरू भएको थियो । त्यही मतभेदका कारण २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेल लागयतले नेकपा (एकता केन्द्र) गठन गर्नुभयो ।
पछि प्रचण्ड पार्टीको नामसँग माओवादी जोडेर सशस्त्र आन्दोलनको घोषणा गर्नुभयो । जनयुद्ध चलिरहेकै बेला २०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रबीच एकता भयो । तर त्यो पार्टी धेरै दिनसम्म एकसाथ रहन सकेन । २०६३ सालमा फेरि विभाजित भयो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठको समूहले त्यसैसँग एकीकरण ग¥यो भने चित्रबहादुर केसी, साध्यबाहदुर भण्डारी, सीपी मैनाली, मोहन विक्रम सिंह अलग अलग पार्टी बनाएर नेतृत्व गर्नुभयो ।
पछि संसदीय व्यवस्थालाई लिएर माओवादीबाट मोहन वैद्य अलग हुनुभयो । २०७५ जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी तत्कालिन नेकपा (एमाले) र तत्कालिन (माओवादी केन्द्र) बीच एकीकरण भयो । एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । नेकपा बन्नेक्रमा विश्वभक्त दुलाल (आहुती), गोपाल किँराती अलग हुनुभयो ।

‘मुठ्ठीभर सामन्तको कब्जामा रहेको सत्ता हटाएर जनताको वास्तविक सरकार बनाउने’ उदेश्यसहित स्थापित कम्युनिष्ट पार्टीलाई अहिले साँच्चि नै स्थापनाकालीन नीति कार्यन्वयन गर्ने अवसर छ । यद्यपी २०४७ सालपछि सबभन्दा बलियो सरकारको रुपमा गठन भएको वर्तमान सरकारलाई वास्तविक कम्युनिष्ट सरकार नभएको भन्दै परम्परागत अवधारणालाई पछ्याईरहेका केहि समूह अझै पनि छुट्टै कम्युनिष्ट पार्टीको रुपमा क्रियाशील छन ।
नेकपाका नेताहरुले एउटै कम्युनिष्ट पार्टी बन्नुको विकल्प नरहेको बताउँदै उनीहरुलाई पनि बदलिँदो परिस्थिति अनुसार नयाँ ढंगको कम्युनिष्ट पार्टी बनाउने गरी मूलधारमा एकीकृत हुन आग्रह गरिरहनुभएको छ । तर, वामबुद्धिजीवी एवं लेखक श्याम श्रेष्ठ भन्नुहुन्छ–अलग अलग साना साना समूहमा रहेका कम्युनिस्टहरुको बीचमा एकीकरण तत्काल सम्भव छैन ।”

जनमतको हिसाबले अहिले पनि देशको धेरै मानिसहरु कम्युनिष्ट पार्टीप्रति आस्थावान छन् । तर को वास्तविक कम्युनिष्ट को नक्कलि कम्युनिष्ट भन्ने पुरानो आरोप प्रत्यारोप अहिले पनि विभिन्न टुक्रामा विभाजित कम्युनिष्टहरुबीच जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -