बेल्जियम, ८ बैशाख २०७६ । नेपाली कांग्रेसको प्रवासी संस्था जनसम्पर्क समिती बेल्जियममा बिबाद झन बढेको छ । केही महिना पहिलेबाट जनसम्पर्क समिती कै नाम राखेर केही ब्यक्तिहरुले अर्को समिती बनाएपछी ,त्यहाँको बिबाद मिलाउन केन्द्रिय प्रतिनीधी खटिएका पार्टी आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेलले त्यहाँ सहमती बिना नै छुट्टै समिती बनाएर फर्किएका छन ।

मिलाउन गएका प्रतिनीधीले नै कोठामा बसेर, निर्वाचित सभापती सिता सापकोटालाई अधिबेशन गराउ गराउन आग्रह गर्नुको सट्टा, अधिबेशनको तयारी भैसकेको अवस्थामा, छुट्टै तदर्थ समिती बनेको भनी पत्र काटेका छन् ।

किरण पौडेलले काटेको पत्रमा उल्लेख गरिएका नामहरुमध्य दर्जन सदस्य हरुले आफुहरुको सहमती बिना नै आफुहरुलाई जानकारी नगराईकन तदर्थ समितीमा नाम चढाएको भनेर तुरुन्त आफुहरुको नाम हटाउन निर्देसन दिएका छन् । उनीहरुको बिज्ञप्तीमा आफुहरु निर्वाचित केन्द्रिय समितीले नै अधिबेशन गराउनुपर्ने पक्षमा रहेको बताएका छन् ।

तदर्थ समितीमा किरण पौडेलले नाम चढाईदिएका र असहमती राख्दै संयुक्त रुपमा बिज्ञप्ती निकाल्नेहरुमा, निवर्तमान सभापती सुभास जोशी, बरिष्ठ उपसभापती, देब पौडेल ( देबु), उपसभापती नरहरी सापकोटा, महामन्त्री दिनेश भन्डारी, सहमहामन्त्री धर्म पाठक, सदस्यहरु पुर्ण तिमील्सिना, रविन पण्डित, अतिरिक्त सल्लाहाकारहरु केदार जोशी र राकेश कर्माचार्य लगायत छन ।

बर्तमान सभापती, सिता सापकोटा चौथो अधिबेशनबाट निर्वाचित सभापती हुन भने ,किरण पौडेल ले संयोजक तोकेका माधब सापकोटा चौथो अधिबेशनमा सिता सापकोटासँग सभापतीकै प्रत्यासी पराजित उमेदवार हुन ।

सिता सापकोटा समितीको कार्यसमिती ले पाचौ अधिबेसन को लागि सदस्यता बितरण आह्वान गर्दै बिज्ञप्ती प्रकाशित गरेपछी, जनसम्पर्क समिती बेल्जियम किरण पौडेलको उपस्थितीबाट आधिकारीक रुपमा नै २ भागमा बिभाजित भएको छ ।

निर्वाचित सभापती सिता सापकोटा र किरण पौडेलबाट संयोजकमा टिको लगाएका माधव सापकोटा २ कार्यसमिती बिचको बिबाद मिलाउन तत्काल पार्टी केन्द्रले पहल नगरेमा बिबाद झन बल्झने देखिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्