- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षय कोेष स्थापना

April 21, 2019
933
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ८ बैशाख २०७६ । एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षय कोेष स्थापना गरिएको हो । विद्यार्थीलाई अक्षय कोषको रकमबाट पुरस्कृत गरेर उच्च शिक्षाका लागि सहयोग गर्ने कार्ययोजनासहित अक्षय कोेष स्थापना गरेको नेविसङ्घ अध्यक्ष गोविन्द कोइरालाले बताए ।

जिल्लाबाट एसईईमा सहभागीमध्ये उत्कृष्ट महिला एक, पुरुष एक, जनजाति एक, दलित एक र जेहेन्दार एक गरी पाँच जनालाई पुरस्कृत गरिने उनको भनाइ छ । रु दुई लाखबाट शुरु गरिएको कोषमा रकम बढाउन प्रयत्न गरिने र उक्त कोषबाट सहयोग गर्दै विद्यार्थीको हितमा अन्य कार्यक्रम ल्याउने योजना रहेको नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाल विद्यार्थी सङ्घ ओखलढुङ्गाले रामपुरमा आयोजना गरेको कार्यक्रमलाई काङ्ग्रेस नेताहरु बालकृष्ण दाहाल, टेकराज भट्टराई, कुमार लुइँटेल, रमेश तामाङ, दिलकुमारी खतिवडा, हेमकुमारी तामाङसहितका नेताले सम्बोधन गरेका थिए । नेताहरुले नेविसङ्घलाई एक ढिक्का बनाएर अघि बढ्ने बताए ।
ओखलढुङ्गामा पछिल्लो समय काङ्ग्रेसका नेताको गुटगत राजनीतिले नेविसङ्घ दुई धुव्रमा देखिएको छ । संस्थापन शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताले आफू निटकका विद्यार्थीलाई समेटेर अधिवेशनकै समयदेखि २ वटा समिति बनाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com