काठमाडौं, ७ बैशाख २०७६ । प्रधानमन्त्री केपी ओलीलाई बुटवलको जीतगढीमा एक युवाले कालो झण्डा देखाएका छन् । एक कार्यक्रममा मन्तव्य दिइरहेका बेला ती युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन् ।

बुटवलमा बस्दै आएका रुद्रप्रसाद घिमिरेले राष्ट्रियता जिन्दावाद, मेरो देश प्राणभन्दा प्यारो छ ,’ उजिर सिंह जिन्दावाद’ भन्दै कालोझण्डा प्रदर्शन गरेका हुन् ।

अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । पाँच तहको ५ तहको सुरक्षा घेरालाई तोड्दै उनले कालो झण्डा देखाए हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश–५ का प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, पूर्वमन्त्रीहरु विष्णु पौडेल, बालकृष्ण खाणसहित प्रदेशका सभामुख मन्त्री, प्रधानसेनापति सहभागी थिए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्