सिमकोट वैशाख ७ गते । नेपाल विद्यार्थी संघले आफ्नो स्थापना दिवसको अवसरमा सिमकोट बजार सरसफाई कार्यक्रम संचालन गरेको छ ।
दिवसको अवसर पारेर सिमकोट बजारको फोहोर व्यवस्थापन गर्न सरसफाई कार्यक्रम संचालन गरेको हो ।
नेविसंघको ४९ औं स्थापना दिवसको अवसर पारेर सदरमुकाम सिमकोट बजारको सरसफाई गरिएको संघका अध्यक्ष धर्मराज जोशीले बताउनु भयो । सधै मंचमा भाषण गर्नु भन्दा पनि रचनात्मक काम गर्नका लागि यो कार्यक्रम संचालन गरिएको उहाँले बताउनुु भयो । बजारको जताततै फोहोरहरु भएपछि सरसफाई गरिएको र जम्मा भएको पाँच क्वीन्टल बढी फोहोरलाई डम्पिङ साईटमा खसालिएको उहाँले बताउनु भयो ।
उक्त सरसफाई सिमकोट तल्लो बजारको अस्पताल चोक देखि सुरु गरेर एयरपोर्ट चोकसम्म सरसफाई गरिएको उहाँले बताउनु भयो । सो सरसफाई कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, कर्मचारी लगाएको उपस्थिती रहेको थियो ।