- ADVERTISEMENT -

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

April 20, 2019
1079
Shares
- ADVERTISEMENT -

चितवन, ७ बैशाख २०७६ । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

एक गम्भीर घाइते भएका छन् ।शुक्रबार राति पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नम्बरको मोटरसाइकल करिब १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा रोकिराखेको ना ६ ख १७७५ नम्बरको ट्रकमा ठक्कर खाँदा कालिका नगरपालिका–४ पदमपुर बस्ने ३० वर्षीय रामजी महतोको मृत्यु भएको छ।मोटरसाइकल पछाडि सवार महतो दुर्घटनामा गम्भीर घाइते भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय कृष्णनाथ महतो गम्भीर घाइते छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।यस्तै शुक्रबार राति नै राप्ती नगरपालिका–१ पिप्लेमा ना १९ प ९९३२ नम्बर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर काँकडा–५ का २७ वर्षीय गोपिलाल स्याङतानको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -