२०८३ जेठ ५, मंगलबार
२:५९:३७ राति
- ADVERTISEMENT -

दराैँदी नदिकाे धार नै परिवर्तन नदिजन्य पदार्थ उत्खनन

प्रकाशित मिति: २०७६ वैशाख ५, बिहीबार

1507
Shares

गाेरखा, ५ बैशाख २०७६ । जिल्लाका ठेकेदारहरूले दराैँदी नदिकाे धार नै परिवर्तन नदिजन्य पदार्थ उत्खनन गरेका छन् । पालुङटार नगरपालिकाले ठेक्का लगाएको मसानेपाटी घाटमा मेसिन प्रयोग गरी खोला फर्काएर खोप्लाङ कन्स्टूक्शन र सचेत कन्स्टूक्शन प्रा लि ले मापदण्ड विपरित ढुंगा, गिटी, बालुवा निकालेका हुन् ।

पालुङटार नगरपालिका–१ खोप्लाङ र सिरानचोक गाउँपालिका–४ छोप्राक र गोरखा नगरपालिका–१० छेवेटार क्षेत्रको दरौदी नदिमा मनलाग्दी उत्खननले नदिकाे स्वरुप नै परिवर्तन भएकाे छ । जनप्रतिनिधिको दवावमा जिल्ला समन्वय समितिले क्षेत्राधिकार नाघेर गत चैत २५ गते मेसिनको प्रयोगबाट उत्खननका लागी अनुमती दिएको थियो ।

पालुङटार नगरपालिकाले दराैँदी नदिमा दुर्इखण्डमा विभाजन गरी ठेक्का लगाएकाे थियाे । सो घाटको पहिलोखण्डको १४ हजार ४१ घनमिटर सामग्री उत्खननको ठेक्का खोप्लाङ कन्स्टूक्सनले र दोस्रोखण्डको १० हजार आठसय दुई घनमिटर सामग्री उत्खननको ठेक्का सचेत कन्स्टूक्सन प्रालिले पाएको थियो ।

दुवै ठेकेदारले सो नदीको बहाब थुनेर गोरखा नगरपालिकातर्फ फर्काई नदीजन्य सामग्री झिकेका हुन् । उनीहरुले ब्याकहु लोडर प्रयोग गरी दुईमिटर भन्दा बढि गहिरो खनेर नदीजन्य सामग्री उत्खनन गरेको पाइएको छ । स्थानीय तहले आफैले वनाएको आइइ प्रतिवेदनमा हात र हाते औजारको प्रयोगबाट मात्र नदिजन्य पदार्थ संकलन गर्न मिल्ने उल्लेख छ । तर क्रसर ब्यवसायी र जनप्रतिनिधिको दवावमा जिल्ला समन्वय समितिले अनुमती दिएपछि जथाभावि उत्खनन वढेको हो ।

जिल्ला अनुगमन समितिकी संयोजक एवं जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारीको नेतृत्वमा गएको अनुमन टोलीले तत्काल उत्खनन बन्द गर्न निर्देशन दिएको छ ।

‘दरौंदीमा बाँध थापेर धार परिवर्तन गरी उत्खनन गरिएको पाइयो’ अनुगमनमा गएका समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले भने, ‘नगरपालिकाले पनि पर्याप्त अनुगमन नगरेको पाइएको छ । हामीले तत्काल काम रोकेका छौं, अरु कारवाही प्रक्रिया अघि बढाउँछौं ।’

जिल्ला समन्वय समितिकी उपप्रमुख अधिकारी नेतृत्वमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, पुर्ननिमार्ण प्राधिकरण, पत्रकार महासघं लगायतका कार्यालय एवं संघसस्थाका प्रमुख एवं प्रतिनिधि सम्मिलत टोलीले सो घाटमा तत्काल उत्खनन कार्य रोक्न निर्देशन दिएको छ । उक्त टोलीले गोरखा नगरपालिकाका १० किलो र बेनी घाटमा पनि अनुगमन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -