- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

“प्रधानमन्त्रीको भाषणबाट बालबालिकाले प्रशस्त मनोरञ्जन पाएका छन्” : कांग्रेस

April 15, 2019
1086
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २ बैशाख २०७६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दिएका अभिव्यक्तिहरुप्रति गम्भिर आपत्ति जनाएको छ ।

आज पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रधानमन्त्रीका पछिल्लो अभिव्यक्तिहरुको आलोचना गरेको हो । सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले विपक्षी दलहरूलाई नन्दीभिरंगीको संज्ञा दिएको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीले दिने गरेका अभिव्यक्तिहरु आपत्तिजनक रहेको भन्दै घोर भत्सना गछौँ उनले भने । शर्माले प्रधानमन्त्रीले नयाँ वर्षमा आइतबार बिहान देशव्यापीका नाममा सम्बोधन गर्दा सरकारको विरोध गर्नेलाई वृद्धवृद्धा र युवाले ढुंगा बर्साउँलान् भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । उनले प्रधानमन्त्रीको भाषणबाट बालबालिकाहरुले प्रशस्त मनोरञ्जन लिईरहेको भन्दै व्यंग्य गरे ।

- ADVERTISEMENT -

Advertisement

उनले भने “जब प्रधानमन्त्री टिभीमा बोल्न थाल्नुहुन्छ बालबालिकाले प्रशस्त मनोरञ्जन पाउँछन्। प्रधानमन्त्रीको बोलीबाट बालबालिकामा नराम्रो असर नपरोस्।” उनले प्रधानमन्त्रीको भाषणले बाल मनोविज्ञानमा असर पर्ने भन्दै टिभी च्यानल बन्द गर्ने अवस्था आएको दावी गरे । उनले प्रधानमन्त्री ओलीलाई २०७५ सालको असफलताबाट पाठ सिकेर २०७६ सालमा जिम्मेवार भएर अभिव्यक्ति दिन र काम गर्न सचेत गराए । साथै उनले बालुवाटारको सरकारी जग्गा विष्णु पौडेलको छोराको नाममा कसरी आयो भनेर पनि प्रधानमन्त्रीसँग जवाफ पनि मागेका छन् । उनले अब सरकारले पौडेलमाथि कस्तो कारवाही गर्छन् भनेर हेर्न बाँकी रहेको बताए ।

यसैगरी कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संविधानको भावना विपरित संवैधानिक निकायमा नियुक्त गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले राष्ट्रिय सहमतिका साथ संवैधानिक निकायमा नियुक्त गर्न संवैधानिक परिषदको कल्पना गरिएपनि सरकारले सो अनुसार काम गर्न नचाहेको आरोप लगाए । प्रधानमन्त्रीले देशब्यापीका नाममा सम्बोधन गर्नुपर्ने भए पनि पार्टी र गुट विशेषका लागि सम्बोधन गरेको निधिको आरोप छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com