टोकियो, १ बैशाख २०७५ । जापानको राजधानी टोकियोमा बाग्लुङ समाज जापानले चैंते दशैं तथा नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार टोकियोस्थित शिन ओकुवोको रोधी घरमा बाग्लुङेको पहिचानको रुपमा लिईने चैंते दशैं पर्व तथा नेपाली नयाँ बर्ष प्रवासमा पनि शुभकामना आदानप्रदान तथा साँगितिक साँझसहित मनाईएको छ ।

आफ्नो परम्पराको संरक्षण गर्नको लागि थालिएको साकरात्मक सुरुवातीलाई बक्ताहरुले सराहनीय भन्दै खुशी ब्यक्त गरेका थिए भने आगामी बर्षहरुमा पनि निरन्तरताको कामना समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाग्लुङका निवर्तमान उप-सभापति जगदिश चन्द्र उपाध्यायले हाम्रा परम्परा र रितिरिवाजहरु संसारले गर्व गर्न लायक रहेकोले प्रवासी नेपालीहरुले यस्को प्रचारप्रसार गरी विश्वभर चिनाउन आग्रह गर्नुभएको थियो । सकरात्मक सोच पैदा भएमा मात्र बिकासले गति लिने कुरामा जोड दिदै प्रमुख अतिथी समेत रहनुभएका उपाध्यायले प्रवासमा रहेका लाखौं नेपालीहरुले केही सिप सिकी सिकेका कुराहरुलाई स्वदेशमा प्रयोग एवम् लगानी गर्न आग्रह पनि गर्नुभएको थियो भने लगानिको वातावरण बन्दै गएको र आफुहरु त्यसतर्फ कटिबद्ध रहेको बताउनुभएको थियो ।

कार्यक्रममा गैर-आवासीय नेपाली संघ (एनआरएनए) का आईसीसी सदस्य दिनेश गुरुङ, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठक ,बाग्लुङ समाज जापानका संरक्षक डिपि कंडेल र बेलु थापा ,सल्लाहकार नर बहादुर थापा ,गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्री ,प्रवासी नेपाली मन्चकी नेत्री जीवन अर्याल ,जनप्रगतिशिल मन्चका उपाध्यक्ष रामहरी पुडासैनि लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

चर्चित गायक रामकृष्ण बम मल्ल ,परदेशी गायक सूर्य खड्का ,गायिका रितु थापा मगर ,गायकहरु खड्ग थापा ,प्रेम कुमार बस्नेत लगायतको साँगितिक प्रस्तुतिमा दर्शक झुमेका थिए ।

बाग्लुङ समाज जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम समाजका बरिष्ठ उपाध्यक्ष प्रेम कंडेलको स्वागत मन्तब्य र सचिब राजु केसीले संचालन गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्