“दुई तिहाइको सरकार, माफियाको अपयोग क्षतिपूर्ति स्वरुप तपाइँ हाम्रो सहयोग”

काठमाडौँ, ३० चैत्र २०७५ । बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पिडित नेकपा का महासचिब एबम पूर्व-अर्थमन्त्री बिष्णु पौडेलका लागि क्षतिपूर्ति दिन एक रुपैंया अभियान सुरु गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बालुवाटारको सरकारी जग्गा पिडित नेकपा नेता बिष्णु पौडेलको सहयोग लागी बटुवा संग रकम संकलन अभियान गरेको हो ।

ने बि संघ काभ्रेको आयोजनामा जिल्ला अध्यक्ष निर्पेश बादेको नेतृत्वमा बनेपा चारदोबाटो बजारमा बटुबासंग एक एकरुपैयाका दरले सहयोग जम्मा ६७३ रुपया उठाएको अध्यक्ष बादेले जानकारी दिनुभयो ।

जम्मा भएको रकम नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना ने बि संघ काभ्रेले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्