काठमाडौं, ३० चैत्र २०७५ । कुलमान घिसिङको नेतृत्व पाएपछि नेपाल विद्युत प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको तथ्य सार्वजनिक भएको छ ।
महालेखा परीक्षकको कार्यालयले नै घिसिङको नेतृत्वमा प्राधिकरणले एकै बर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको तथ्य बाहिर ल्याएको हो । महालेखा परीक्षक कार्यालयले गरेको लेखापरीक्षणमा प्राधिकरणले एकै बर्ष सो नाफा कमाएको तथ्य बाहिर ल्याएको हो । महालेखाले आज सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ ।
आर्थिक वर्ष २०७२/०७३ मा जगेडा तथा संचित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ । महालेखाका अनुसार विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था पनि सुधारोन्मुख देखिएको छ ।
कार्यकारी निर्देशक घिसिङले गत भदौमा आर्थिक वर्ष २०७/०७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वाषिर्क प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो । यो घिसिङले अनुमान गरे भन्दा दोब्बर नाफा हो ।
२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको थियो । घिसिङको व्यवस्थापकीय कुशलताबाट लोडसेडिङ अन्त्यसँगै घाटामा रहेको प्राधिकरणलाई पनि नाफामा लैजान सफल भएको महालेखाको प्रतिवेदनले औल्याएको छ ।
घिसिङले नेतृत्व गरेपछि विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधार जस्ता कामबाट आर्थिक वर्ष २०७३/०७४ मा बिद्युत प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।
प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ ।
यस्तै अचल सम्पत्तितर्फ स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
२०।४५ प्रतिशतमा झर्यो बिद्युत चुहावट
घिसिङ नेतृत्वको कामबाट गत आर्थिक वर्षमा विद्युत चुहावट २०।४५ मा झार्न प्राधिकरण सफल भएको छ । उत्पादन, प्रसारण तथा वितरण चरणमा विद्युत चुहावट २०७३/०७४को वर्षको तुलनामा २।४५ प्रतिशतले घटेको हो ।
घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको थियो । घिसिङको व्यवस्थापकीय कुशलताबाट लोडसेडिङ अन्त्यसँगै घाटामा रहेको प्राधिकरणलाई पनि नाफामा लैजान सफल भएको महालेखाको प्रतिवेदनले औल्याएको छ
अघिल्लो वर्ष २२।९० प्रतिशत विद्युत चुहावट थियो । प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो पाँच महिनामा विद्युत् चुहावट १५।४५ प्रतिशतमा झारेको छ । चालु आर्थिक बर्षमा विद्युत चुहावट १८।५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
April 12, 2019मा प्रकाशित