- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सरकारी अराजकता र प्रतिपक्षको मौनताविरुद्ध नेवि संघको खबरदारी

April 12, 2019
1776
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २९ चैत्र २०७५ । दुईतिहाइको सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि जनताको भावनाअनुरूप काम गर्न नसकेको त्यसमा प्रतिपक्षी दल कांग्रेसले मौनता देखाएको भन्दै नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा खबरदारी सभा गरेको छ ।

ने वि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्य र संघकै निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी काफ्लेले वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बलात्कारलाई निरुत्साहित गर्नुको सट्टा उल्टै प्रश्रय दिइरहेको आरोप लगाए ।

- ADVERTISEMENT -

Advertisement

सरकारको अराजकतामा काग्रेस नेतृत्व मौन रहेकोमा आक्रोशित हुदै काफ्लेले भने हाम्रो पाटीका सभापति पाटी कब्जा गर्न ब्यस्त हुनुहुन्छ उता प्रधानमन्त्री देश कब्जा गर्न इ दुबै अधिनायकवादी नेतृत्वको खिलापमा हाम्रो अभियान हो पाटी सभापति गुठभन्दा माथी उठेर समग्र पाटीको नेता बन्न अनुरोध गर्दछु फरक प्रसङ्गमा काफ्लेले ने बि संघमा अब बन्ने समिती बिधानानुसार ३२ तलको ल्याउन माग गरे उनले भने बिधान मिच्ने काम पाटी बाट भयो भने बिधानलाइ टेकेर ३२बर्ष तलको अर्को समिति ल्याउन हामी बाध्य हुन्छौं ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा ने वि संघका नेताहरू डिल्लीराम सुबेदी, बल्देब तिमल्सिना , माधब ढकाल, सुशील भट्ट, युबराज पान्डे,जित सेरचन, गर्णेस सापकोटा ,इस्बर अधिकारी, विपिन अधिकारी, नमराज त्रिपाठी,हरी आचार्य, सम्बोधन गरिसकेका छन् ।

कार्यक्रमका वक्ताहरूले वर्तमान सरकार अराजक बन्नुमा सरकार स्वयं जति जिम्मेवार छ, त्यति नै मात्रामा प्रतिपक्षी दल कांग्रेस पनि जिम्मेवार रहेको बताए । प्रतिपक्षी कांग्रेसले खबरदारी नगरेकै कारण सरकारले एकपछि अर्को गलत काम गर्दै अघि बढेको उनीहरूको आरोप छ ।

ने वि संघ प्रतिपक्षी नेपाली कांग्रेसकै भ्रातृ संगठन हो । सरकारको अराजकतामा कांग्रेसले मौनता साँधेका कारण आफ्नै मातृ पार्टी कांग्रेसविरुद्ध खबरदारी गर्नुपरेको नेवि संघका निवर्तमान केन्द्रीय सदस्य सुसिल भट्टले बताए ।

उक्त कार्यक्रममा चर्चित गायक विमलराज क्षत्रीले सांगीतिक प्रस्तुतिमार्फत सहभागीलाई मनाेरञ्जन दिलाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com