के पी भट्ट, अप्रिल १० कनेटिकेट अमेरिका । पूर्वीतटीय राज्य कनेटिक्ट अमेरिकामा बसोबास गर्ने नेपालीहरुको साझाँ संस्था नेपाली समाज कनेटिकेटले सधाको वर्ष जस्तै यस बर्ष पनि नेपाली नयाँ वर्ष २०७६ आगामी एप्रिल १३ गते मनाउन लागेको संस्थाले जानकारी दिएको छ ।
नेपाली कला, सँस्कृति भेषभुषा, रितिरिवाज परम्परा आपसी मेलमिलाप चालचलनजस्ता विविध नेपालीपनहरुलाई झल्को दिने गरी संस्थाले यस्ता कार्यक्रम आयोजना गर्दै आयको संस्थाका कार्यसमिति सदस्य तथा नयाँ बर्ष कार्यक्रम संयोजक भद्रा राई ले जानकारी दिनु भयो ।
यस नयाँ बर्ष कार्यक्रम मा संस्थाले बार्षिक रुपमा प्रकाशन गदै आएको संस्थाको मुखपत्र कनेटिकेट चौतारी समेत विमोचन गरिने संस्थाले जानकारी दिएको छ ।
साथै संस्थाले सबै नेपालीहरुमा नयाँ बर्षको शुभ कामना व्यक्त गर्दै संस्थाले यस राज्यमा बसोबास गर्ने सबै नेपाली आमा बुवा दाजु भाई दिदि बहिनी लाई कार्यक्रममा उपस्थिति भई कार्यक्रम सफल बनाईदिन सबै मा अनुरोध समेत गरेको छ ।