- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानमन्त्री ओली मानसिक रोगले ग्रसित रहेको आरोप : कांग्रेस नेता प्रदिप पौडेल

April 10, 2019
1129
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, २७ चैत्र २०७५ । प्रधानमन्त्री केपी शर्मा ओली मानसिक रोगबाट ग्रसित रहेको आरोप लगाएका छन् । मानसिक बिरामीले नेपाल समृद्ध बनाउन नसक्ने टिप्पणी उनले गरे ।

“गफाडी प्रवृत्तिले देश बन्दैन । नेपाली कांग्रेसलाई गाली गरेर समृद्धि आउँदैन,” नेपाली कांग्रेस क्षेत्रीय समिति–१ काभ्रेको कार्यालय भवन उद्घाटन तथा आमसभामा बुधबार बोल्दै प्रदिप पौडेलले भने, “ओली गाली गर्ने ठाउँमा होइन, देश विकास गर्ने ठाउँमा छन् । संविधान नराम्रो भएर राजावादी सल्बलाएका होइनन्, केपी, प्रचण्ड नालायक भएर सल्बलाएका हुन् ।” संविधानका विरुद्धमा कसैले बोले कांग्रेसले प्रतिकार गर्ने उनले बताए । “ओली, प्रचण्डले संघीयता चाहेका छैनन्, कांग्रेसलाई संघीयता चाहिएको हो,” उनले भने ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेस सानो संख्यामा भए पनि सरकारका गलत कामको सशक्त विरोध गर्दै आएको उनले दाबी गरे । “अब संसदबाट मात्रै हुन्न, कांग्रेस सडकमा आउनुपर्छ। संसद भित्रबाटमात्रै सरकारलाइ सच्याउन सकिँदैन,” उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com