टोकियो, चैत २७, २०७५ । दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिनाबाट प्रमिशा तामाङ्ले उपाधि हात पारेकी छिन । प्रमिशाले दोस्रो मिस जापान नेपाल २०१९ को उपाधिको साथमा नगद राशी पाएकी छिन ।
फष्ट रनरअफ रितु गौतम भईन भने सेकेण्ड रनरमा आयूषा फुलेलले हात पारेकी छिन ।
मिस जापान नेपाल समिति गठन गरेर आयोजना गरीएको दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिना आइतवार टोकियोमा एनआरएनएका आइसीसी सदस्य महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको थियो ।
सन् २०१८ बाट शिन्जोउ कर्पोरेशनले सुरु गरेको मिस जापान नेपाल दोस्रो संस्करणमा नेपालबाट निर्णायकदेखी कोरियाग्राफ़ी लिएको थियो ।
ग्राण्ड फिनाले मिस नेपाल २०१८ की बिजेता श्रृंखला खतिवडा सहित दि हिडेन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपती आउनु भएको थियो ।
बिजेतालाई क्राउन, नगद र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीताको अवसर मिस जापान नेपाल बिजेता सहित फस्ट रनरअप र सेकेण्ड रनरअपहरुले नगद पुरस्कार सहित क्राउन एवं सम्मानपत्र पाएका छन ।