- ADVERTISEMENT -

कांग्रेस परित्याग गरेका व्यक्तिको नामावली उपलब्ध गराउन पत्राचार

April 7, 2019
598
Shares
- ADVERTISEMENT -

काठमाडौं, २४ चैत्र २०७५ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले कांग्रेस परित्याग गरी अन्य पार्टीमा गएका व्यक्तिको नामावली उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक भीष्मराज आङ्दम्वेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले सात दिनभित्र नामावली उपलब्ध गराउन ७७ जिल्लामै पत्राचार गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

निर्णयमा भनिएको छ, “गत स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिहरुको नामावली सबै जिल्लाबाट ७ दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरियो ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -