- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘सत्तारूढ नेताहरुकै संरक्षणमा देशभित्र भ्रष्टाचार’

April 7, 2019
928
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनी, २३ चैत्र २०७५ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राखेका छन् । चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताएका हुन् ।

निर्वाचनका बेला टिकट दिँदा ध्यान पु¥याउन नसक्दा निर्वाचनको गणितमा काङ्ग्रेस पराजित भएको भए पनि विचारमा भने अगाडि रहेको उनले बताए । काङ्ग्रेसले सरकारमा हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी अहिलेको सरकारले प्रचार गरेको उनको आरोप छ । कम्युनिष्ट सरकारले काङ्ग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि सफल नहुने उनको जिकिर छ । उनले सत्तारूढ नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार बढेको बताए ।

- ADVERTISEMENT -

Advertisement

नेपाली काङ्ग्रेस खैरहनी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ ले रक्तदान गरेका छन् । रक्तदानसँगै २०७६ को भित्तेपात्रो लोकार्पणसमेत गरिएको थियो । कार्यक्रममा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति टेकप्रसाद गुरुङ, खैरहनी नगर समितिका सभापति शशिकुमार खनियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com