२०८३ जेठ ३, आइतबार
६:३३:०८ बेलुका
- ADVERTISEMENT -

काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्छ – डा कोइराला

प्रकाशित मिति: २०७५ चैत २३, शनिबार

842
Shares

भादगाउँ, चैत २३ गते । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काःजात्राको अवसरमा छ्वासटोलमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “काङ्ग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन् ।”

“बिपीले देखाएको बाटो काङ्ग्रेसले विर्सन हुन्न”, महामन्त्री डा कोइरालाले भन्नुभयो, “राष्ट्रिय मेलमिलापको नीति अङ्गालेको काङ्ग्रेसभित्र नै मेलमिलाप नहुन दुःखद हो ।”

उहाँले सरकारको गतिविधि सङ्घीयता विरोधी भएको आरोप लगाउँदै “मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्देछ, जुन सङ्घीयता विरोधी छ, यसले सरकार सङ्घीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ”, भन्नुभयो ।

सरकारको एकवर्षे कामको मूल्याङ्कन गर्दै महामन्त्री डा कोइरालाले भन्नुभयो, “सरकारको एकवर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन । सरकारले काम गर्ने ठोस् योजना पनि प्रस्तुत गर्न सकेको छैन । मुलुकमा शान्ति सु–व्यवस्था हुनुको सट्टा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएका छन् ”

काङ्ग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले दुई तिहाइ बहुमतको सरकारले पनि आदिवासी जनजाति, मधेशी, थारु, महिलालगायतको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा सररकार गम्भीर नभएको आरोप लगाउनुभयो ।

नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले निर्वाचनपछि निराश बनेका कार्यकर्तालाई पुनजाग्रित गराउन ‘जन जनमा काङ्ग्रेस, मन मनमा काङ्ग्रेस’ भन्ने मूलनाराका साथ काङ्ग्रेसले शुरु गरेको पुर्नजागरण अभियानले पार्टीलाई एकतावद्ध हुनमा अभिप्रेरित गर्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -