काठमाडौं, चैत २३, २०७५ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका क्याफे सञ्चालकको परिवार अबैध साढे ३६ लाख (विदेशी पैसा) रुपौयाँसहित पक्राउ परेका छन् । ठूलो मात्रामा अवैध विदेशी मुद्रासहित विमानस्थल प्रहरीले सुवास श्रेष्ठको परिवारलाई पक्राउ गरेको हो ।

उनीहरूका साथबाट ३६ लाख ६१ हजार नेपाली रुपैयाँ बराबर विभिन्न देशका मुद्रा बरामद भएको छ । थाइ एयर फ्लाइट नम्बर टीजी ३२० विमानबाट बैंककतर्फ जान लागेको अवस्थामा श्रेष्ठसहित परिवारका पाँच जनालाई नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा ४८ वर्षिय श्रेष्ठसहित उनकी ४६ वर्षीया श्रीमती उमादेवी, १७ र ४ वर्षका दुई छोरी र ११ वर्षीय छोरा रहेका छन् । श्रेष्ठको साथबाट चिनियाँ युआन (१३ लाख २० हजार रूपैयाँ), अमेरिकी डलर १० हजार (११ लाख ९२ हजार रूपैयाँ), थाई भाट २२ हजार १५० (७७ हजार ३१ रूपैयाँ) र युरो १ हजार ३८० (१ लाख ७१ हजार रूपैयाँ) बरामद भएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको गेट नम्बर ५ मा रहेका श्रेष्ठलाई शंका लागेर चेकजाँच गर्दा उक्त विदेशी मुद्राहरू बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। बरामद अवैध मुद्रासहित उनलाई आइतबार राजस्व अनुसन्धान विभागमा बुझाइने विमानस्थल सुरक्षा प्रमुख एसएसपी भण्डारीले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्