२०८३ जेठ ३, आइतबार
५:१५:२१ बेलुका
- ADVERTISEMENT -

गेसोका न्यायोचित माग पूरा गर्नुपर्छः नारायणकाजी

प्रकाशित मिति: २०७५ चैत २२, शुक्रबार

939
Shares

काठमाडौं, २२ चैत्र २०७५ । नेकपाका नेता नारायणकाजी श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकको न्यायोचित अधिकारका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा नेता श्रेष्ठले बेलायती सेनामा कार्यरत नेपाली सैनिकले उठाउँदै आएको माग उनीहरुको व्यक्तिगत हक अधिकारको विषय नभई नेपालको स्वभिमानको लडाइँ भएकाले कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सत्तारुढ दलका नेता श्रेष्ठले बेलायतस्थित नेपाली राजदूत, बेलायती सरकार समेत सहभागी भएर तयार पािरएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारले बेलायति सरकारसँग औपचारिक कूटनीतिक पहल गर्नुपर्ने बताए ।

ad ad ad
उनले भने,“नेपालीको तर्फबाट नेपालको राजदूत पनि सहभागी भएको र ब्रिटिश सरकारकै तर्फबाट पनि सहभागी भएर तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न औपचारिक कूटनीतिक पहल कदमी ब्रिटिस सरकारसँग गर्नुपर्छ र दुई सरकारबीच उच्चस्तरीय वार्ता गरेर ब्रिटिश सेनामा कार्यरत नेपाली सैनिकहरुको समान अधिकारको लडाईलाई सफलताको विन्दुमा पुर्याउनुपर्छ । न्यायोचित अधिकार हरहालतमा प्राप्त गर्ने पहल कदमी सरकारले अबिलम्ब अगाडि बढाउनुपर्छ ।”

नेपाली भएकै कारण शोषित, पीडित र अन्यायमा परेका कारणले नेपालका लागि गरिएको लडाइँ भएकाले गेसोले उठाउँदै आएको विषय नेपालको स्वाभिमान र राष्ट्रिय सार्वभौमसत्तासँगको लडाइँ भएको टिप्पणी उनले गरे ।

कार्यक्रममा गोरखा भूतपूर्व सैनिक संघ गेसोका सभापति कृष्ण कुमार राईले नेपाली सैनिकलाई पनि बेलायति सेना सरह नै सम्मानजनक व्यवहार गर्ने गरि त्रिपक्षीय वार्ताबाट मार्च २२, २०१८ तयार भएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे ।

बेलायती सेनामा कार्यरत नेपाली सैनिकहरुले वेलायति सेना सरहनै सेवा सुविधा र सम्मानजनक व्यवहार गर्न माग गर्दै आएका छन् । गेसोले उठाउँदै आएको मागबारे वेलायतको रक्षा मन्त्रालय समेतको सहभागीतामा मार्च २२, २०१८ मा त्रिपक्षीय छलफलपछि बेलायत सरकारले सम्बोधन गर्नुपर्ने विषयलाई लिपिवद्ध गरि प्रतिवेदन तयार पारिएको थियो । अहिलेसम्म पनि सो प्रतिवेदन कार्यान्वयन नभएपछि गेसोले सहमति कार्यान्वनयका लागि कूटनीतिह पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -