- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठले बार सरकारको ईशारामा नचल्ने स्पष्ट

April 5, 2019
1032
Shares
gjlgjf{lrt >]i7 jl/i7 clwjQmf r08]Zj/ >]i7 g]kfn af/ P;f]lzP;gsf] cWoIf kbdf lgjf{lrt ePkl5 clejfbg ub}{ . t:jL/ M /Tg >]i7, /f;;
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २२ चैत्र २०७५ । नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठले बार सरकारको ईशारामा नचल्ने स्पष्ट पारेका छन् ।

उनले नेपाल बारलाई माथि लैजानका लागि सम्पूर्ण कानुनी व्यवसायीसंग सल्लाह गरेर सुझाव लिएर थप व्यवसायी बनाउन लाग्ने बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले गुण र दोषको आधारमा अगाडि बढ्ने भन्दै बेन्चलाई बारको सहयोग चाहिने पनि स्पष्ट पारे । उनले गुण र दोषकै आधारमा बेन्चलाई सहयोग गर्ने पनि बताएका छन् ।

श्रेष्ठले विधिको शासन अन्तर्गत रहेर बारले सरकारलाई सहयोग गर्ने पनि उनले बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

विधिको शासन उल्लंघन गरे बार त्यसको विरुद्धमा जाने भन्दै उनले बार सरकारको गोटी नबन्ने बताएका छन् ।

श्रेष्ठले निर्वाचनमा प्रतिस्पर्धा भए पनि सेवाग्राहीलाई न्याय दिनका लागि र हकहितमा लड्नका लागि सबै कानुन व्यवसायी एक भएर अगाडि बढ्ने बताएका छन् ।

न्यायपालिकामा चलखेल हुने र अन्याय हुने कामहरु यदाकता भए पनि जनताको आस्थामा कतै पनि कमी आउन नदिनका लागि बारले भूमिका खेल्ने पनि अध्यक्ष श्रेष्ठले बताए ।

बार व्यवसायीक आधारमा चल्ने भएकाले सरकारको इच्छामा नचल्ने उनले बताए । उनले राजनीतिक भागबण्डाका आधारमा न्यायाधीश नियुक्ति हुनु हुँदैन भन्नेमा अडिक रहेको पनि स्पष्ट पारे ।

‘हाम्रो र राम्रो’ हैन कि ‘राम्रो हाम्रो’ हुनेछ भन्दै न्यायपालिकामा राजनीतिकरण हुन नदिने पनि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।

राम्रो मान्छेलाई सबैले उत्साह दिनुपर्ने र नराम्रोलाई निरुत्साहित गर्ने तथा बारले खवरदारी गरिरहने उनले बताए ।

न्यायपरिषद विवादमा आएको भन्ने जनाउ आए पनि विवादमा पर्न नदिन आफूहरु एक ढिक्का भएर लाग्ने पनि श्रेष्ठले बताएका छन् ।

बारको निर्वाचनमा प्रगतिशील समूहले शानदार जित हासिल गरेको छ । लोकतान्त्रिक समूहले महासचिव र प्रदेश ५ बाट एक सदस्यमात्र जितेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com