२०८३ जेठ ३, आइतबार
६:१४:३७ बेलुका
- ADVERTISEMENT -

मस्र्याङ्दी-काठमाडौँ प्रसारण लाइनको काम अन्तिम चरणमा

प्रकाशित मिति: २०७५ चैत २२, शुक्रबार

971
Shares

गोरखा चैत २२ गते । मस्र्याङदी–काठमाडाँै २२० केभी प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करीब ९० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७३ कात्तिकदेखि निर्माणकार्य शुरु भएको प्रसारण लाइनमा गोरखतर्फ पर्ने क्षेत्रमा हाइटेन्सन टावर राख्ने काम करीब सम्पन्न भएको आयोजनाका इञ्जिनीयर सीताराम अधिकारीले जानकारी दिनुभयो ।

प्रसारण लाइनअन्तर्गत गोरखातर्फ पर्ने गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र गोरखा नगरपालिका क्षेत्रमा टावर राख्ने काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । “गोरखा क्षेत्रमा ६६ हाइटेन्सन लाइन निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६३ निर्माण भइसकेको छ”, इञ्जिनीयर अधिकारीले भन्नुभयो, “बाँकी रहेका तीन टावर निर्माण पनि करीब एक हप्ताभित्रमा सम्पन्न हुने गरी काम अघि बढेको छ ।”

गोरखा जिल्लाका तीन गाउँपालिका हुँदै काठमाडाँैको मातातीर्थसम्म पुग्ने प्रसारण लाइनको ३३ किलोमिटर क्षेत्र गोरखा जिल्लामा पर्छ । “‘गोरखातर्फ तार तान्ने काम मात्रै बाँकी छ भने पनि हुन्छ”, अधिकारीले भन्नुभयो, “लगभग सात किलोमिटर जति त तार तान्ने काम पनि भइसकेको छ ।”

आयोजनाले तनहँुको आबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक र काठमाडाँैको मातातीर्थमा सवस्टेशन निर्माण गरी प्रसारण लाइन निर्माणको काम अघि बढाएको थियो । जसअन्तर्गत मार्कीचोकदेखि मातातीर्थसम्म कूल २३१ हाइटेन्सन टावर निर्माण गर्नुपर्ने इञ्जिनीयर अधिकारीले बताउनुभयो । आयोजनाको दुवै सवस्टेशन निर्माणको कामसमेत करीब ७० प्रतिशत सम्पन्न भएको जनाइएको छ । “सवस्टेशन निर्माण आउँदो कात्तिकभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकाले निर्धारित समयमा लगभग सम्पन्न हुने देखिन्छ”, उहाँले भन्नुभयो, “प्रसारण लाइन भने यही महिनाभित्र सक्नुपर्ने भए पनि ढिलाइ भएकाले छ महीना थपका लागि प्रस्ताव पठाएका छौँ ।”

कुनै प्राविधिक समस्या नभएमा आगामी छ महीनाभित्रमा मस्र्याङदी–काठमाडाँै २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने इञ्जिनीयर अधिकारीले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले देशभर विद्युत् प्रसारण लाइनको क्षमता विस्तारका लागि २२० केभी प्रसारण सञ्जाल निर्माण शुरु गरेसँगै पश्चिम क्षेत्रमा मस्र्याङदी–काठमाडौँ २२० केभी प्रसारण लाइन निर्माणकार्य अघि बढेको हो । “यहाँबाट मस्र्याङदी करिडोर क्षेत्रमा उत्पादन हुने निजी तथा सरकारी सबै खालका विद्युत् उत्पादनलाई मार्कीचोक सवस्टेशनमा आवश्यकताअनुसार सङ्कलन गरी मुख्य शहरमा पठाउने काम हुन्छ”, इञ्जिनीयर अधिकारीले भन्नुभयो ।

मस्र्याङदी करिडोर क्षेत्रमा उत्पादन हुने विद्युत्लाई काठमाडौँसहित पोखरा, चितवनलगायतका मुख्य शहरसम्म पु¥याउन बढी क्षमताको प्रसारण लाइन निर्माण गरिएको र यसबाट प्राविधिकरूपमा हुने चुहावट कम हुनेछ । “मस्र्याङदी–काठमाडाँै २२० केभी प्रसारण लाइनबाट ६०० मेगावाटसम्मको विद्युत् प्रवाह गर्न सक्छ”, अधिकारीले भन्नुभयो, यो पश्चिम क्षेत्रकै अहिलेसम्मको एकमात्र २२० केभी प्रसारण लाइनको आयोजना हो ।” उक्त आयोजनाको प्रसारण लाइन विस्तारका लागि रु दुई अर्ब २० करोड तथा सवस्टेशन निर्माणका लागि रु दुई अर्ब १० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

आयोजनाको प्रसारण लाइनमा एउटा टावर निर्माणका लागि एकदेखि दुई रोपनीसम्म जग्गा आवश्यकता पर्ने भएकाले सार्वजनिकबाहेकका जग्गा भने अधिग्रहण गरिएको अधिकारीले जानकारी दिनुभयो । त्यस्तै प्रसारण लाइनमुनि परेका जग्गाधनीलाई भने आयोजनाले क्षतिपूर्ति रकम उपलब्ध गराउने तयारी गरिरहेको छ । आयोजना निर्माणको काम सम्पन्न भएपछि गोरखा र आसपासका जिल्लामा प्राविधिकरूपमा हुने विद्युत् चुहावट कम हुनुका साथै भोल्टेज तलमाथि हुने समस्यामा कमी आउने उहाँले बताउनुभयो ।

आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणको जिम्मा भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले पाएको छ भने सवस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी सेनजेन फाराड इलोक्ट्रिक कम्पनीले ठेक्का पाएको अधिकारीले जानकारी दिनुभयो । (रासस)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -