- ADVERTISEMENT -
- ADVERTISEMENT -

सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती : देउवा

April 4, 2019
652
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विराटनगर, चैत २१

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिनु भएको छ । विराटनगर विमानस्थलमा आज विहान संचारकर्मीसग कुरा गर्दै उहाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाउन सफल भए आफूले फेस गर्ने पनि स्पष्ट पार्नुभयो ।

‘पार्टीका असन्तुष्ट २०÷२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ ? यदी सक्छ भने बोलाएर दखाओस्,’ उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशन पार्टीले बोलाउँदैन तर उनीहरु बोलाउनसके म फेस गर्न तयार छु ।’ सभापति देउवाले बाहिर भने जतिको जिल्ला सपापतिहरु विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गर्नुभयो । पार्टीको महाधिवेशन आइरहेकोले मात्रै आफ्नो विरोध गरिरहेको उहाँको भनाई छ ।

कांग्रेसका बहुमत जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधिको प्रावधान हटाउने र आरक्षणको सुविधा दोहोर्‍याउन नपाउने व्यवस्था विधानमा राख्नुपर्ने माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर थाल्ने जनाएका छन् । पार्टी विधानअनुसार एक चौथाई महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे नेतृत्वले विशेष महाधिवेशन बोलाउनुपर्छ ।

विशेष महाधिवेशन बारे छलफल गर्न जिल्ला सभापतिहरूले काठमाडौंको ठमेलमा बुधबारदेखि छलफल गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -