२०८३ वैशाख २८, सोमबार
८:१०:२२ बिहान
- ADVERTISEMENT -

बारको मतगणना : नेपाल बारमा प्रजातान्त्रिक समूहको अग्रता

प्रकाशित मिति: २०७५ चैत २०, बुधबार

970
Shares

काठमाडौं, २० चैत्र २०७५ । नेपाल बार एशोसिएसनमा उपत्यका बाहिरको मत गणना सकिँदा प्रजातान्त्रिक समूहले अग्रता लिएको छ ।

उपत्यकाबाहिरको ३ हजार ४ सय ८७ मत गणना हुँदा अध्यक्षमा प्रजातान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले १७ सय ८७ र वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठले १५ सय ६१ मत ल्याएका छन् । पोखरेलले २ सय २६ मतले अग्रता लिएका हुन् ।

८ वटा उपाध्यक्ष पदमा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएको छ । महिलामा कविता थापा कार्की, प्रदेश १ मा डिल्लीबहादुर कार्की, प्रदेश २ मा सुधीकरकुमार कार्की, प्रदेश ३ मा राजेश्वर अधिकारी, गण्डकी प्रदेशमा निरन्जनलाल राजभण्डारी, प्रदेश ५ मा सुनीलकुमार श्रेष्ठ, कर्णालीमा उत्तमप्रसाद आचार्य र प्रदेश ७ मा ठेकेन्द्रराज जोशीले अग्रता लिएका छन् ।

महासचिवमा पनि प्रजातान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता लिएका छन् । पौडेलले १७ सय ९५ र वामपन्थी समूहका सुरेन्द्र थापामगरले १४ सय ९५ मत ल्याएका छन् ।

कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका तेजबहादुर रावलले १६ सय ९४ र वामपन्थी समूहका रुद्रप्रसाद पोखरेलले १५ सय ७० मत ल्याएका छन् । अन्य पदहरुमा पनि प्रजातान्त्रिक समूहले अग्रता लिएको छ । नेपाल बार एशोसिएसनको २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि चैत १६ गते देशभरका ३५ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार अब उपत्यकाको ३८ सय ७४ मत गन्न बाँकी छ । जसमध्ये १२ सय ८९ मत बुधबार गणना हुँदैछ भने २५ सय ८५ मत बिहीबार गणना हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -