काठमाडौं, २० चैत्र २०७५ । मध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत गत चैत १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीको संलग्नता देखिएको छ ।

घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रह्मदेव सनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।

यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेको समाचार कान्तिपुर दैनिकमा छ। प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेको समितिले छुट्टाछुट्टै छानबिन गरेको थिए। दुवै समितिले अनुसन्धान जारी रहेको बताइरहेका बेला सिआइबीले दुई प्रहरी जवानलाई नियन्त्रणमा लिइको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्