२०८३ जेठ ५, मंगलबार
२:५५:३५ राति
- ADVERTISEMENT -

ठूलो आन्द्रा र मलाशयको क्यान्सरका बिरामी हरेक वर्ष १८ लाखका दरले थपिँदै

प्रकाशित मिति: २०७५ चैत १९, मंगलबार

2953
Shares

काठमाडौं, १८ चैत्र २०७५ । पछिल्लो समय ठूलो आन्द्रा र मलाशयको क्यान्सरको बढीरहेको चिकित्सकहरुले बताएका छन् । रोटरी क्लब चन्द्रागिरीसँगको सहकार्यमा नर्भिक अस्पतालले गरेको एक कार्यक्रममा अस्पतालका कोलोरेक्टल तथा जनरल सर्जन डा सत्यदीप भट्टाचार्यले ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम) को क्यान्सरबारेमा जनचेतना नहुँदा समस्या बढीरहेको बताएका हुन् ।

उनले भने, “पछिल्लो समय अन्य क्यान्सर जसरी नै यो बढीरहेको छ ।” अस्पतालका पेटरोग विशेषज्ञ डा वरुण शाहले ठूलो आन्द्रा र मलाशयका अधिकांश रोगहरुको उपचारमा कोलोनोस्कोपी माध्यमबाट गनुपर्ने बताए ।

“यस क्यान्सरको लक्षणहरु निकै कम मात्रामा देखापर्ने हुँदा नियमित परीक्षण गराउनु पर्नेहुन्छ”, उनले भने, “४५ वर्ष नाघेका मानिसले नियमित चेकजाँच गर्ने, पर्याप्त रेशेदार खाने, कम चिल्लोयुक्त सन्तुलित भोजन गर्ने, धुम्रपान तथा मद्यपान नगर्ने, साताको ३ देखि ४ पटक कम्तीमा २०-३० मिनेट शारीरिक व्यायाम गर्ने, सामान्य शारीरिक व्यायामहरूमा छिटो-छिटो हिड्डुल गर्ने, करेसाबारी वा बगैंचामा काम गर्ने वा भर्‍याङ उक्लिनेजस्ता कार्यहरु गरेमा यो रोग न्युनीकरण गर्न सकिन्छ ।”

त्यसैगरी, विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष यस रोगका १८ लाख नयाँ बिरामीहरू थपिने गरेको देखाएको छ । जसमा करिब ५० प्रतिशत अर्थात् नौ लाख जतिले ज्यान गुमाउने गरेको जनाएको छ ।

किनकी तिनीहरूले ठूलो आन्द्रा र मलाशय रोगसम्बन्धी विशेष विशेषज्ञता हासिल त गरेकै हुन्छन्, त्यसको अलावा ठूलो संख्यामा त्यसखाले रोगको शल्यक्रियात्मक उपचारसमेत गरेका हुन्छन् ।

कोलोरेक्टल क्यान्सरको बढी जोखिम कसलाई ?

कुनैपनि व्यक्तिमा ठूलो आन्द्रा-मलाशयको अर्बुदरोग (क्यान्सर) हुने जोखिम उमेरसँगै बढ्दै जान्छ । ४५ वर्षभन्दा माथिका महिला तथा पुरुषलाई ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग हुनसक्ने जोखिम समान रुपमा बढेर जान्छ । तसर्थ उमेर पुगेका हरेक महिला तथा पुरुषले नियमित रुपमा रोग जाँच गराउनु अत्यावश्यक हुन्छ ।

केही मानिसहरूमा भने ४५ वर्षभन्दा कम उमेरमै पनि रोग लाग्न सक्ने जोखिम अत्यधिक बढी हुने गरेको पाइन्छ । व्यक्तिगत वा पारिवारिक इन्फलामेटरी वाउल डिजिज (IFD) को इतिहास भएका व्यक्तिहरु, ठूलो आन्द्रा-मलाशयको अर्बुदरोग पहिले भइसकेका व्यक्तिहरु र पाठेघरको मुखको र स्तन क्यान्सर भइसकेका महिलाहरु अत्यन्तै ठूलो जोखिममा रहेका हुन्छन् ।

रोग निदान गर्ने वा पत्ता लगाउने हालको विधिमा कोलोनोस्कोपी (मलद्वारबाट क्यामेरासहितको पाइप ठूलो आन्द्रामा पठाई रोगको अवस्था हेरिने विधि), सिग्मोइडोस्कोपी (ठूलो आन्द्राको तल्लो भाग-मलाशय आदिको दृश्य हेरिने विधि), सिटी कोलोनोग्राफी (ठूलो आन्द्राका ट्युमर तथा अर्बुदरोग पत्ता लगाउने विधि), डबल कन्ट्राष्ट बेरियम एनिमा एक्स-रे तथा नदेखिने रगत तथा असामान्य म्ल्ब् पत्ता लगाउन गरिने दिसाको विशेष प्रयोगशाला जाँच-परीक्षण पर्दछन् । हरेक बिरामीले आफूलाई कुन-कुन जाँच गर्नु, गराउनुपर्ने हो, कुन जाँच कहिले, कुन समयमा, कतिपटक उपयुक्त हुने हो सोबारे चिकित्सकसँग छलफल गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -