- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गुट विभाजितले नेविसंघ नेतृत्वविहिन

April 1, 2019
674
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, चैत १८ गते । पार्टी सङ्गठनमा गुट उपगुटले प्रश्रय पाएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रदेखि तल्लो तहसम्मको सङ्गठन तहसनहस भएको छ ।

नेपाली कांग्रेसको भातृ संगठनकोरुपमा रहेको नेविसंघको केन्द्रीय कार्य समिति भङ्ग भएको दुई महिनाभन्दा बढी भइसकेको छ । केन्द्रीय नेतृत्व नै नभएपछि तल्लो तहको सङ्गठन समेत अन्योलमा छ ।

- ADVERTISEMENT -

Advertisement

तत्कालीन सभापति नैनसिंह महरले माघ २८ मा पदबाट दिएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले सोही दिन स्वीकृत गर्नुभएको थियो । फागुन १ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले नेविसंघको तदर्थ समिति गठन गर्ने जिम्मेवारी पार्टी सभापति देउवालाई सुम्पेको भएपनि सभापति देउवाले अहिलेसम्म तदर्थ समिति गठन गर्नुभएको छैन ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही दिनभित्र नै तदर्थ समितिको गठन हुने जानकारी दिनुभयो । संघका पूर्व अध्यक्ष गुरुराज घिमिरे संघको १२ औं महाधिवेशन हुन नसक्नुको मुख्य कारण नै पार्टीभित्रको गुटबन्दी रहेको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका नेता घिमिरेले भन्नुभयो, ‘गुटको अस्तित्व देखाउन सङ्गठनमा हस्तक्षेप हुँदैआएको छ । काम, योग्यता, क्षमता र इमान्दारितामा आधारित राजनीति छैन, नेताको मनोगत चाहनामा आधारित राजनीति छ, नयाँ पुस्ताले पनि भगवान रिझाएजस्तो गरी नेतालाई रिझाउनु पर्छ’ उहाँले भन्नुभयो ।

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहमा संघका नेताहरु विभाजित हुँदा १२ औं महाधिवेशन हुन सकिरहेको छैन । नेविसंघको दुईवर्षे कार्यकाल भए पनि पार्टीले पटक पटक थपेर साढे दुई वर्ष बनाएको थियो । सो अवधिमा पनि महाधिवेशन हुन सकेन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com