- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

हावाहुरीका कारण बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति

April 1, 2019
1327
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, चैत १८,२०७५ । बारा र पर्सा जिल्लाका केहीस्थानमा आइतबार साँझ आएको हावाहुरीमा परि घाइते भएको उद्धारका लागि नेपाली सेनाको नाइट भिजन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ । गृहजिल्ला झापामा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि तयारी अवस्थामा राखिएको हो ।

उहाले मौषमले साथ दिए तत्कालै उडान गर्ने अवस्थामा नाइटभिजन हेलिकोप्टर राखिएको जानकारी दिनुभएको छ । निरन्तर सुरक्षाकर्मी र राज्यका संयन्त्रसग जोडिरहनु भएका प्रधानमन्त्रीले केही समय अघि उद्धार र घाइतेको उपचारमा कुनै कसर नराख्न निर्देशन दिनुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उहाले तत्काल उडान गर्न असम्भव भए भोली विहानै राजधानीबाट हेलिकोप्टर लिएर गएर उद्धारमा खटिन पनि निर्देशन दिनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले पार्टीका नेता कार्यकर्तालाई सुरक्षाकर्मीसँगै उद्धारमा खटिन निर्देशन दिनुभएको छ ।

हावाहुरीका कारण बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ। फेटा गाउँपालिका–१ र भर्वानीपुर गाउँपालिका–४ मा ठूलो क्षति भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले टेलिफोनमार्फत जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

केही मृतकका शव वीरगन्जका नारायणी अस्पताल, मेडिकल कलेज र हेल्थ केयरमा राखिएको छ भने अन्य शवको अस्पताल लाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । बारामा मात्र २० जनाको मृत्यु भएको छ। पर्सामा पनि ज्यान गुमाउनेको सख्या पाँच पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com