विराटनगर, फागुन २९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव समुहलाई सरकारले प्रतिवन्ध लगाउनु उचित भएको बताउनु भएको छ । उहाले प्रतिवन्धमात्र नभई कारवाही पनि गर्नुपर्नेमा जोड दिनुभयो ।
विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै देउवाले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णय उपर्युक्त भएको बताउनु भयो । प्रतिबन्ध मात्रै नभएर जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न कडा कारबाही गर्नुपर्ने उहाको माग छ।
‘विप्लवले मान्छे मार्ने आतंक फैलाउने काम गरेको छ, हाम्रै मान्छे माथि पनि हत्या गर्नेगरी आक्रमण भयो,’ देउवाले भन्नुभयो, ‘प्रतिबन्ध मात्रै होइन कारवाही गर्नुपर्यो, अति गरेको छ विप्लवले मान्छे मार्ने बम पड्काउने गर्नेलाई कारबाही गर्नुपर्छ, प्रतिबन्ध लगाउने काम सही छ।’ पूर्वप्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले सरकार र सिके राउतबीच भएको सहमति आफूहरुलाई अमान्य भएको पनि दोहो¥याउनु भयो ।
यस्तै उहाले रेशम चौधरीलाई आदलतले जेल पठाउने आदेश उपर्युक्त भएको प्रतिक्रिया दिनुभयो । ‘प्रहरीलाई मार्ने, बच्चालाई मार्नेलाई जेल सजाय त हुनैपर्थ्यो नि हत्या त हत्या नै हो नि,’ देउवाले भन्नुभो ।