Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:४६ बिहान
- ADVERTISEMENT -

सरकारले विप्लपलाई प्रतिबन्ध लगाएपछि बाबुरामले सोधे– नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?

प्रकाशित मिति: २०७५ फागुन २९, बुधबार

1309
Shares

काठमाडौं, फागुन २९ । सरकारले विप्लप समुहको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधि भन्दै औपचारिक रूपले प्रतिबन्धित लगाएपछि नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले चिन्ता ब्यक्त गरेका छन् । आफनो अफिसियल फेसबुक पेजमा जनयुद्धकालिक २ फोटोहरु राख्दै ऐतिहासिक प्रसंग कोट्याउँदै नेपालमा इतिहास दोहोरिने त हैन भन्दै आशंक ब्यक्त गरेका छन् ।

उनले लेखेका छन्- ‘मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए :‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा!’’

सरकारले विप्लव नेतृत्वको नेकपालाई अपराधिक भनेको विषयलाई उठाउँदै बाबुरामले लेखेका छन्,-‘नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ। एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ ।’

डा.भट्टराईले एक सय वर्षपहिलेको जनर्मनीको आन्दोलनलाई पनि नेपालसँग तुलना गरेका छन्-‘आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो । त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदारलगायतका नेताहरूको हत्या गरेको थियो।’

यसरी २ खेमामा विभाजित कम्युनिस्टको अवसान भएको उनको निस्कर्ष सुनाउँदै प्रश्न गरेका छन्, ‘ के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो?’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -