- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट

March 13, 2019
935
Shares
Two gas cylinder bomb found under Mahuli Bridge in Saptari district, on Sunday, November 29, 2015. Photo: Byas Shankar Upadhayay
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, २९ फागुन २०७५ । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए ।

- ADVERTISEMENT -

Advertisement

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए । राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com