Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:०९ बिहान
- ADVERTISEMENT -

सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट

प्रकाशित मिति: २०७५ फागुन २९, बुधबार

1114
Shares

काठमाडौं, २९ फागुन २०७५ । तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गरेकी छिन् । ‘एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ । मलाई निकै दुःख लाग्यो,’ भट्टराईले भनिन् ।

‘भेट्न आउनेहरूले कविता (आकाश कालो दिनै धुम्म, आज फागुन पन्ध्र, बीचबाटोमै मलाई छोडी, गयौ किन रवीन्द्र…) को कुरा गर्नुहुन्थ्यो । म छक्क पर्थें, कहीँ कतै मैले कविता लेखेको छैन । म कविता लेख्दा पनि लेख्दिनँ । पीडामा भएको मान्छे कतिलाई स्पष्टीकरण दिएर बसूँ ? जवाफ दिने अवस्थामा पनि थिइनँ । अहिले मेरो कविता र स्वर भन्दै सार्वजनिक गरिएको भिडियो हेरेँ, पीडाको व्यापार पो गरिएछ,’ उनले भनिन् ।

आफूमाथि गलत तरिकाबाट सहानुभूति राखिएकामा उहने दुःख प्रकट गर्दै आफूबाट पाथीभरामाईको पूजा सामग्री तयार गरिएको भन्ने कुरा पनि सर्वथा झुटो भएको बताइन् । अधिकारी–भट्टराईका छोरा विराजले फागुन १५ गते अपराह्न ४ बजेतिर सामाजिक सञ्जालमा पोस्ट भएको उक्त भिडियो अहिले हटाइएको बताए । उनले भने, ‘आधिकारिक रूपमा १ः४५ बजे दुर्घटनाको समाचार बाहिर आएको छ, ४ बजेको वरिपरि भ्रम सिर्जना गर्ने गरी ममीको नामको कविता र स्वर भन्दै सामाजिक सञ्जाल र युट्युबमा राखिएको रहेछ । हामी शोकमा थियौँ, तत्काल कुनै प्रतिक्रिया जनाउने अवस्था पनि थिएन, ममीले अहिले बल्ल सुन्नुभयो ।’

‘पाथीभरा जाने कुरा नै थिएन । पाथीभराको कुरा किन ल्याइयो ? घटना भएको दुई–तीन घन्टाभित्र नै किन यस्तो कविता र स्वरसहितको भिडियो बाहिरै ल्याइयो । लेख्न र रेकर्ड गर्न पनि त केही समय लाग्यो होला । एकदम रहस्यमय लागिरहेको छ,’ विराजले भने, ‘यो कस्तो देश हो जहाँ पीडालाई शब्दमा ढालेर सहानुभूतिको व्यापार गरिन्छ । जसले यो काम गर्नुभएको हो उहाँको खोजी हुनुपर्छ र छानबिन गरिनुपर्छ ।’

अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय अध्यक्ष धनराज आचार्यले सामाजिक सञ्जालमा भट्टराईका नामबाट सार्वजनिक गरिएको कविता अडियो–भिडियो भन्दै सार्वजनिक गर्नेलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने बताए । आचार्यले भने, ‘यो परिवार र आफन्तजनको समवेदनामाथिको प्रहार हो । विशेषगरी युट्युबमा पछिल्लो समय विभिन्न उत्तेजित र भ्रम सिर्जना गर्ने शीर्षक राखेर सब्सक्राइब गर्ने नराम्रो प्रचलन बढेको छ । यसमा विद्या भट्टराई पनि पर्नुभयो । यो साह्रै निन्दनीय छ । यी र यस्ता खालका गतिविधि तत्काल रोक्न र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -