२०८३ वैशाख २८, सोमबार
८:०५:३० बिहान
- ADVERTISEMENT -

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)माथि सरकारले प्रतिबन्ध लगाउने तयारी

प्रकाशित मिति: २०७५ फागुन २८, मंगलबार

1153
Shares

काठमाडौं, फागुन २८ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)माथि सरकारले प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले निरन्तर वार्तामा आउन र आतंक फैलाउने गतिविधि नगर्न आग्रह गरे पनि नमानेपछि सरकारले त्यसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो । यद्यपी यसले कानुनी प्रक्रिया लिन केही समय लाग्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समुहका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको छ । लगानी सम्मेलन नजिकिदै गरिरहेका बेला विभिन्न कम्पनीमा बम पड्काउने, जनजिवन आंतकित गर्ने खालका क्रियाकलाप गरेको भन्दै सरकारले प्रतिवन्ध लगाएको छ । सरकारले सो समुह राजनीतिक नभई अपराधिक संगठन भएको पनि ठहर गरेको छ । सरकारले यसअघि गठन गरेको राजनीतिक वार्ता समितिले बोलाउदा पनि विप्लव समुह वार्ताका लागि आएको थिएन ।

सो समुहले राजधानीकै नख्खुमा बम विस्फोट गराउदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै, म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ्गको घरमा समेत बम विस्फोट गराएको थियो । मन्त्रीपरिषद्मा गृहमन्त्री रामबहादुर थापाले नै विप्लवका गतिविधि निष्तेज बनाउने गरी कार्ययोजना लगेका थिए । तर, प्रधानमन्त्रीले गतिविधि मात्र नभई पुरा संगठनमाथी नै प्रतिवन्ध लगाउनु पर्ने भनेपछि सो निर्णय भएको हो ।

‘चन्दा मागेर, मान्छे मारेर पनि राजनीति हुन्छ ? त्यो विप्लव समूहलाई बन्देज लगाउने निर्णय गरौं’, मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीको भनाइ उदृत गर्दै अर्का एक मन्त्रीले भने, ‘यसरी हुँदैन । हामीले आवश्यक कारबाही गर्नुपर्छ । त्यो त अपराधी समूह हो ।’ प्रधानमन्त्रीको प्रस्तावपछि बैठकले विप्लव माओवादीलाई कडाइ गर्ने र प्रशासनिक रूपमा कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।

यतिसम्म कि प्रधानमन्त्री ओलीले विप्लव समूह आपराधिक समूह भएकाले उसलाई राजनीतिक रूपमा नलिन मन्त्रिहरुलाई निर्देशन समेत दिएका छन् । ‘बैठकले विप्लव नेतृत्वको नेकपाका क्रियाकलाप नियन्त्रण गर्ने प्रकारको निर्णय पनि गरेको छ,’ ती मन्त्रीले भने, ‘तर बैठकको माइन्यूट लेखिँदा कसरी र कुन शैलीमा लेखिन्छ, अहिले केही भन्न सकिन्न ।’ पटकपटक वार्ताका लागि पहल हुँदा पनि सकारात्मक नभएपछि विप्लव समूहप्रति सरकार कठोर भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समुहसँग सरकारले वार्ता नगर्ने स्पष्ट पार्नुभएको थियो । नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग मंगलबार भएकोको भेटघाटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको बिषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्ट पार्नुभयो ।

‘कतिपयले वार्ता गर्नुप¥यो भन्छन् तर के का लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिइन्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -