Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४७:४५ बिहान
- ADVERTISEMENT -

नेपाल सरकार र सि.के राउत बीच भएको ११ बुँदे सहमति प्रति कॉंग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति: २०७५ फागुन २७, सोमबार

1892
Shares

काठमाडौं, २७ फागुन २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ११ बुँदे सहमतिमा दुबै पक्षको अलग-अलग ब्याख्याका कारण अन्योल सृजना भएको जनाएको छ ।

सहमतिप्रति दुबै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर नदेखिएका कारण आशंका उत्पन्न भएको कांग्रेसको भनाइ छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका कांग्रेसका प्रमुख सचेतक, सचेतक र दलको नेताले आज सोमबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछिका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

“नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट पाउन सक्दैनन्”, विज्ञप्तीमा भनिएको छ ।

सहमति पश्चात सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका ब्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था श्रृजना भएको कांग्रेसको भनाइ छ ।

“सहमतिप्रति दुबै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकोले आशंका उत्पन्न भएको छ,’’ विज्ञप्तीमा भनिएको छ, ‘‘राष्ट्रिय एकता तथा भौगोलिक अखण्डता माथि आँच आउन प्रश्रय दिने सहमति तथा कृयाकलापप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं ।’’

विज्ञप्तीमा प्रतिनिधिसभाका प्रमुख सेचतक बालकृष्ण खाँण, सचेतक पुस्पा भुसाल तथा राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाई र नेता सुरेन्द्रराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -