काठमाण्डौँ,२७ फागुन २०७५ । सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देशको सार्बभौमिकता र अखण्डताको बिरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र किन भैरहेछ भन्दै प्रश्न गरेका छन् ।

आफनो ट्विटरमा श्रेष्ठले २ घण्टामा दुई ट्विट गर्दे पृथकतवादी अभियान चलाइरहेका डां चन्द्रकान्त (सिके) राउतका कार्यकर्ताले आइतबार जनकपुरमा उनको स्वागतमा स्वतन्त्र मधेशको नारा तथा झण्डा फहराएपछि उनले असन्तुष्टि जनाएका हुन् ।

श्रेष्ठले यो सम्झौता बिखण्डनकारी गतिबिधिको अन्तको निम्ति सम्झौता कि बिखण्डनबादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पर्ने बताएका छन् ।

उनले पहिलो ट्विटमा भनेका छन् ” आज हाम्रो प्यारो देशको सार्बभौमिकता र अखण्डताको बिरुद्ध खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस कसरी र किन भैरहेछ?याे हद भयाे,असहय भयाे।बिखण्डनकारी गतिबिधिकाे अन्तकाे निम्ति सम्झाैता कि बिखण्डनबादलाई बैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पछं।गम्भीर बनाैं।”

त्यसको लगतै २ घण्टामा नै श्रेष्ठले अर्को ट्विटमा भनेका छन् ” हाम्राे राजनीति देश,जनता,परिबर्तन,न्याय,सत्य र मु्क्तिकाे निम्ति कि सत्ता-शक्ति,पद-प्रतिष्ठा-प्रचार र पैसा-सुविधाकाे निम्ति?यतिवेला प्राप्त भएकाे अवसरलाई पक्रेर समृद्व नयां नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने? गम्भीर आत्मसमीक्षा गराैं।राजनीति सफा गराैं,देश बचाऔँ,देश बनाऔँ।”

शुक्रबार सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच ११ बुँदे सम्झौता भएको थियो । सम्झौता लगतै सिके राउतले सरकार जनमत संग्रहमा जान तयार भएको भन्दै सम्झोताको स्वागत गर्दे आफनो फेसबुक पेज मार्फत जानकारी दिएका थिए ।

आइतबार संसदमा गृहमन्त्री रामबहादुर थापाले सिके राउतले ११ बुँदे सम्झौतालाई जनमतसंग्रहको रुपमा बुझेको बताएका थिए ।

आइतबार काठमाडौंबाट राउत जनकपुर विमान स्थलमा पुग्दा उनका समर्थकहरुले र्याली निकालेका थिए । राउतका कार्यकर्ताले जनकपुरमा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा समेत लगाएका थिए।

राउतका कार्यकर्ताको यस्तो व्यवहारले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्ताप्रति गम्भीर चुनौती थपिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्