२०८३ जेठ ३, आइतबार
६:२७:५८ बेलुका
- ADVERTISEMENT -

चक्रपथ सफाइको १००औँ हप्ता

प्रकाशित मिति: २०७५ फागुन २५, शनिबार

1305
Shares

काठमाडौं, २०७५ साल फागुन २५ गते शनिबार । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधन प्रयोग भएको आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३०४ औँ हप्तामा टेकु दोभानस्थित वाग्मती पुलक्षेत्रको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व राजदूत भिक्ट्रीशम्शेर राणा, सफाइ अभियानकर्मीलगायत ४०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १९ संस्थाको सक्रियता रहेको उक्त समितिका सदस्य माला खरेलले जानकारी दिनु भयो । गुह्येश्वरीमाथिको नदी सफाइको २६५ औँ हप्तामा गोकर्णेश्वर नगरपालिका– ५ र कागेश्वरी मनोहरा नगरपालिका–८ को सीमास्थित गोठाटार पुलमुनिको नदी किनार सफाइ गरिएको थियो । दुबै नगरपालिकाका वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडिएको नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनु भयो ।

सोही अवसरमा सफाइका क्रममा चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गर्दै आएको छ । घरकै फोहर व्यवस्थपन नगर्नेलाई पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।

सफाइमा मानव अधिकार तथा शान्ति समाज अन्य सङ्घ संस्थासहित स्थानीयवासी गरी ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । मञ्चको सक्रियतामा एक हप्ता लगाएर सफाइ गरिएको भैरव स्मृति जोरपाटी उद्यानलाई गोकर्णेश्वर नगरपालिका–५ ले सञ्चालनमा ल्याउने भएको छ ।

सफाइ अभियानकर्मीले सहयोग जुटाएर उद्यानमा मेचको व्यवस्था गरिदिएको मञ्चका अध्यक्ष पुडासैनीले बताउनुभयो । उद्यानलाई हरियाली बनाएर आराम गर्ने स्थलका रुपमा विकास गर्ने प्रतिबद्धता सम्बन्धित वडा कार्यालयले जनाएको छ ।

रुद्रमती सफाइ अभियानको २५९ हप्तामा रातोपुल–कालोपुल–शहीदमार्गसम्ममको क्षेत्रमा सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनु भयो ।

विष्णुमती सफाइको २३१ औँ हप्तामा तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट मानसिंह माध्यमिक विद्यालयसम्म सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनु भयो ।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा ११४औँ हप्ताको सफाइ गरियो । एक सय १५ जनाभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।

चक्रपथ सफाइको १००औँ हप्ता

चक्रपथ सफाइ अभियानको १००औँ हप्तामा बसुन्धरामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारको मात्र सक्रियताले सरसफाइ एवं वातावरण संरक्षणमा काम गर्न नसकिएकामा नागरिकस्तरबाट भएको अभियानले सहयोग पुगेको बताएका थिए ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उपत्यकाका सडक र वाग्मती सहायक नदी सफाइ नगरेसम्म वाग्मती सफाइ महाअभियानले सफलता पाउन नसक्ने भएकाले आफू शहरी विकासमन्त्री भएका बेला वि सं २०७४ वैशाख २ गतेदेखि चक्रपथ सफाइ अभियान शुरु गरिएको बताउनु भयो ।

चक्रपथ सफाइ अभियानकर्मी भूपाल आचार्यले फोहर फाल्न र बाल्न नहुनेमा जनसाधारणमा चेतना जगाउनुपर्नेमा जोड दिँदै सही तरीकाले फोहर व्यवस्थापन गर्न सिकाउनुपर्ने बताउनु भयो । सफाइ अभियानबाट उठाइएको फोहर ल्याण्डफिल्ड साइडमा लैजाँदा अतिरिक्त रु ४०० तिर्नुपरेकामा सरकारको बेलैमा ध्यान जानुपर्ने उहाले बताउनु भयो ।

सफाइ अभियानका संयोजक लोकबहादुर टण्डनले १००औँ हप्तासम्ममा ४० हजार मानिस सहभागी भएर एक हजार ५०० मेट्रिकटन फोहर व्यवस्थापन भएको जानकारी दिनुभयो । यस अवधिमा कोटेश्वरबाट स्वयम्भूसम्म सफाइ गरिएको उहाले बताउनु भयो ।

सफाइ अभियानलाई १०० हप्तासम्म ल्याउन सहयोग गर्ने अभियानकर्मीलाई सो अवसरमा सम्मान गरिएको थियो ।

सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस् रुपमा काम हुन नसकेको र सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरे पनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीको गुनासो छ । वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्वसी बस्ती हटाउन समेत सरकारले पहल गर्न सकेको छैन ।

वि सं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । वाग्मतीबाट प्रभावित भई उपत्यकाका अन्य नदी, चक्रपथ र उपत्यका बाहिर पनि केही नदी एवं शहरमा गरी १०२ स्थानमा सरसफाइ भइरहेको जनाइएको छ । सबै सफाइ अभियानलाई जोडेर सरकारले स्वच्छता महाअभियान शुरु गर्ने वन तथा वातावरणमन्त्री बस्नेतको भनाइ थियो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -