२०८३ वैशाख २८, सोमबार
८:२७:४१ बिहान
- ADVERTISEMENT -

सिके राउत र सरकार संगको सम्झौताले प्रत्येक नेपालीको शिर झुकेको छ : भीम रावल

प्रकाशित मिति: २०७५ फागुन २५, शनिबार

1152
Shares

काठमाडौं, २५ फागुन २०७५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति अमान्य हुने बताउनु भएको छ । सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता प्रदान गर्न सक्ने भन्दै उहाले भन्नुभयो ।

पहिला गरेको देश टुक्र्याउने क्रियाकलाप र अभिव्यक्तिको बारेमा राउतले आफ्नो कुनै प्रतिक्रिया नराखेको बताउँदै उहाले भन्नुभयो, ‘राउतजीले म अब नेपालको संविधानअनुसार शान्तिपूर्ण राजनीतिक प्रतिष्पर्धामा आएँ भनेर हिजो बोलेको भए म आज यहाँ स्वागत गर्थेँ। तर, उहाँले आफ्नो सम्बोधनमा त्यस्तो बोल्नुभएन ।’

रावलले सरकारले राउतसँग गरेको सम्झौताको उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाउनु भयो । ‘हिजो स्वतन्त्र मधेश संगठन र सरकारबीच सहमति भएको छ । यसले के अर्थ दिन्छ ? स्वतन्त्र मधेश भनेको के हो ? यसको प्रधानमन्त्रीले नेपाली जनतालाई जवाफ दिनुपर्छ’, ‘उहाले भन्नुभयो ‘भोलि कसैले नेपाल समाप्त पार्टी गठन गर्यो भने सरकारले सहमति गर्ने त ? यो तर्क नै गलत हो ।’

रावलले सिके राउतले स्वयम् आफ्नो फेसबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेको पनि सुनाउनु भयो । उहाले कसको स्वार्थमा यत्रो सहमति गरियो ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । ‘सरकारले यसको जवाफ दिनुपर्छ । सहमतिको बुँदा नम्बर ४ मा स्व–शासनको कुरा उल्लेख गरिएको छ, जुन कुरा हामीले संविधान बनाउँदासमेत मानेका थिएनौं । अहिले फेरि यो कुराले प्रवेश किन पायो ?’ उहाले भन्नुभयो ।

राउतले हिजोको सहमति कार्यक्रममा बडो कलात्मक रुपमा आफ्नो सम्बोधन गरेको उहाले सुनाउनु भयो । फेरी उहाले थप्नुभयो । ‘उहाँले कतै पनि राष्ट्र विखण्डनको कुरा फिर्ता लिनुभएको छैन । अहिले पनि उहाँले बोलेका विखण्डनका कुराहरु छ्याप्छ्याप्ती पाइन्छन् । बरु, उहाँले विगतमा मैले बोलेका कुराहरु ठीक थियो भनेर पुष्टि गर्न खोज्नुभयो।’

रावलले हिजोको सहमतिसँगै अब स्वतन्त्र मधेश गठबन्धन भन्ने पार्टी देशैभरि खुल्ने पनि सुनाउनु भयो । ‘सामान्य अर्थमा भन्ने हो भने नाम नै पार्टीको काम हो, यो कुरा हाम्रा साथीहरुले बुझ्नुपर्छ । नाम मात्रै भन्ने हो भने हाम्रो पार्टीको नाम पनि भृकुटीमण्डप पार्टी राखे भैहाल्यो नि ।’ उहाले भन्नुभयो ।

उहाले समग्रमा हिजोको सहमति त्रुटिपूर्ण रहेको सुनाउनु भयो । ‘यसले सिँगो देश र जनतालाई आघात पुर्याएको छ।’ उहाले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -