सुर्खेत, फागुन २५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समुहलाई शान्तिपूर्ण राजनीतिमा आउन आव्हान गर्नुभएको छ । उहाले सो समुह सुरक्षाका लागि ठुलो चुनौति नभएको भन्दै उहाले सरकारले शान्तिपूर्ण राजनीतिमा आओस् भन्ने चाहाना रहेको स्पष्ट पार्नुभयो ।

सुरक्षा गोष्ठीमा सहभागी हुन आज विहान सुर्खेतको विरेन्द्रनगर आईपुग्नु भएका गृहमन्त्री थापाले पत्रकारसंग कुरा गर्दै राज्यका विरुद्ध लाग्ने जो कोही अपराधी भएपनि कठोरतापूर्वक लाग्ने चेतावनी दिनुभयो । उहाले सबैलाई वार्तामा आउन र शान्तिपूर्ण रुपमा निकास निकाल्न सरकारले अपिल गरिरहेको जानकारी समेत गराउनु भयो ।

‘हामीले विभिन्न समूहहरूलाई राज्यको मुलधारमा आउन र लोकतान्त्रिक विधिबाट समास्याको समाधान खोज्न वार्तामा आउन अनुरोध गरिरहेका छौं ।’ गृहन्मन्त्री बादलले भन्नुभयो,‘वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिनेछ । देशमा शान्ति, अमन चयन कायम गराउने राज्यकोे पहिलो कर्तव्य हो ।’ गृहमन्त्री बादलले विप्लव समुहले केहि स्थानमा हिंसात्मक गतिविधि गरेतापनि राज्यले सहजै नियन्त्रणमा लिन सक्ने पनि बताउनु भयो ।

‘हाम्रा लागि विप्लव समूह मुख्य चुनौती होइन ।’ उहाले भन्नुभयो, ‘हामी हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गर्न सक्छौं । बाहिर हल्ला गरिए जस्तो विप्लव समूह चुनौतीका रुपमा आएको छैन ।’ उहाले विप्लव समुह आफैं निस्तेज भएर जाने दाबी समेत गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्