काठमाडौं, फागुन २३

विद्यार्थीबाट अवैध रुपमा रकम उठाएको आरोप लागेको गण्डकी मेडिकल कलेजका संचालक फरार भएका छन् । संचालक खुमा अर्याल फरार भएपछि प्रहरीले सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा पक्राउ गरेको छ ।

विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले जानकारी दिनुभयो । प्रहरीका अनुसार कलेज सञ्चालक अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक, रविन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोल युवराज शर्मा, लेखा शाखाका हरिपौडल, दिनेश पौडेल, तीलक पौडेल, कृष्ण पौडेलको जाहेरी दखास्तमा नाम उल्लेख छ । प्रक्राउ परेका दुवै जनालाई अनुसन्धान गरि मुद्दा चलाउने र बाँकी ८ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

उनीहरु विरुद्ध सन् २०१५ देखि ०१८ सम्मका एमबीबीएस विद्यार्थीले बुधबार जाहेरी दखास्त दिएका थिए । प्रहरीका अनुसार अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोड रूपैयाँ बढी अवैध शुल्क उठाएको देखिएको छ। ‘स्टाफ नर्स, एमबिबिएसलगायत शैक्षिक कार्यक्रममा तोकिएको भन्दा बढी शुल्क उठाएको उजुरी छ, ५३ करोड रूपैयाँ असुल गरेको देखिन्छ,’ रानाले भन्नुभयो ।

अतिरिक्त शुल्क फिर्ता, शुल्कको बिल, भौचर दिनुपर्ने लगायत चार बुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी ३६ दिनदेखि आन्दोलनमा थिए। आन्दोलनका क्रममा माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्