- ADVERTISEMENT -

काँग्रेसले बिर्सिन थाल्यो सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई

March 7, 2019
805
Shares
- ADVERTISEMENT -

काठमाडौँ, फागुन २३ गते । सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा यो वर्ष कुनै औपचारिक कार्यक्रम भएन ।

पूर्व प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति एवं पार्टीका संस्थापक नेताको निधन भएका आठ वर्षमै बिर्सिएजस्तो हुनु उचित नभएको काँग्रेस नेताहरूले नै बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

संस्थापक नेताको स्मृतिमा औपचारिक कुनै कार्यक्रम नहुनु दुःखद् रहेको काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक बताउनुहुन्छ । दलले कुनै कार्यक्रम नगरे पनि प्रजातन्त्र प्राप्तिका लागि उहाँले गर्नुभएको योगदानले ऐतिहासिक पुरुषको रूपमा स्थापित गरेको नेता लेखकको भनाइ छ ।

सात सालको क्रान्तिमा काँग्रेस संस्थापक नेता भट्टराई योद्धा हुनुहुन्थ्यो भने उहाँ २०१५ सालको पहिलो निर्वाचित प्रतिनिधसभाको सभामुख हुनुहुन्थ्यो । वि.सं. २०१७ सालमा राजा महेन्द्रबाट चालिएको प्रजातन्त्रविरोधी कदमपछि लामो समय काराबास रहनुभएका भट्टराई देशभित्रै बसेर पञ्जायतविरुद्ध लड्ने नेताका रूपमा सन्त र गान्धीवादी छवि निर्माण गर्नुभएको थियो ।

संवैधानिक राजतन्त्रका हिमायती नेता भट्टराई २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेर सात महिना वर्षभित्र नयाँ संविधानका साथै वर्ष दिनभित्र निर्वाचन गरी मुुलुकलाई निकास दिने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको इतिहास अङ्कित छ ।

पार्टीले औपचारिक कार्यक्रम नगरे पनि केही ससाना कार्यक्रम गरी स्मृति भने मनाइएको दाबी गरिएको छ । कृष्णप्रसाद भट्टराई अध्ययन केन्द्रले फागुन २० गते साँझ स्वर्गीय नेता भट्टराईको आठौँ स्मृतिमा आरती गरेको जनाएको छ । तर, उच्च वौद्धिक तथा अहिंसाका पुजारी नेता भट्टराईको योगदानको स्मण गर्ने खालका भने कुनै कार्यक्रम नभएको काँग्रेस नेताहरूकै भनाइ छ ।

नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाली काँग्रेस भक्तपुरले भट्टराईको स्मृति दिवस मनाएको दाबी गर्नुभयो तर उहाँको दाबी अनुसार भक्तपुरमा कार्यक्रम भएको थाहा नभएको काँग्रेस नेता लेखक बताउनुहुन्छ ।

प्रदेश ३ बाट प्रदेश सभा सदस्य निर्वाचित नरोत्तम वैद्य संवैधानिक राजतन्त्रमा विश्वास गर्ने भट्टराईलाई गणतान्त्रिक युगमा पार्टी नसम्झिनु अस्वाभाविक नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“तर राजनीतिक परिवर्तन हुँदैमा प्रजातन्त्र प्राप्तिका लागि उहाँको योगदान बिर्सिनुहुन्न र संस्थापक नेता एवम् १७ वर्ष सभापति भएको नेतालाई पार्टीले औपचारिक रूपमा स्मरण गर्नुपथ्र्यो ।”

गएको फागुन १७ गते नेपाली काँग्रेसका संस्थापक नेता सुवर्णशमशेरको भने स्मृति पार्टी कार्यालय सानेपामा मनाइएको थियो । त्यस अवसरमा प्रजातन्त्र र राजनीतिक परिवर्तनका लागि योगदान गर्नुभएका संस्थापक नेताहरूको योगदानलाई काँग्रेस नेतृत्वले अवमूल्यन गर्दै आएको भन्दै नेताहरूकै असन्तुष्टि देखिएको थियो । तर नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संस्थापक नेताहरूको जन्मजयन्ती मात्रै मनाउने नीति पार्टीले लिएको जानकारी दिनुभयो ।

वि.सं. १९८१ लामा जन्मनु भएका नेता भट्टराई सात सालको सशस्त्र क्रान्तिमा जनकपुर तथा उदरपुर कब्जा गर्ने मुक्ति सेनाका कमाण्डर हुुनुहुन्थ्यो । २०४७ सालमा सङ्मणकालको नेतृत्व गर्दै अन्तरिम प्रधानमन्त्री बन्नु भएको भट्टराई २०५६ सालका निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याएपछि दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।

वि.सं.२०६२।६३ को परिवर्तनपछि राजनीतिक रूपमा पार्टीबाट अलग बस्नुभएका भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -