Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१६:१५ बिहान
- ADVERTISEMENT -

सात जिल्लाका ७० विद्यालय पुनःनिर्माण गर्न भारतको पाँच अर्ब सहयोग

प्रकाशित मिति: २०७५ फागुन २३, बिहीबार

1027
Shares

काठमाडौँ, २३ फागुन २०७५ । भूकम्पले भत्किएका सात जिल्लाका ७० विद्यालय एवं दुई पुस्तकालय पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भारतीय राजदूतावासबीच सम्झौता भएको छ ।

दूतावासका नियोग प्रमुख डा अजयकुमार तथा केन्द्रीय भवन अनुसन्धान संस्था (सिबिआरआई) रुड्की भारतका समूह अगुवा डा पूर्णिमा परिदाले आज यहाँ आयोजित कार्यक्रममा प्राविधिक सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसैगरी प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख इमनारायण श्रेष्ठ र दूतावासका पुनःनिर्माण प्रभाग प्रमुख सुचिता किशोरले शैक्षिक संरचना पुनःनिर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । भारत सरकारले शैक्षिक संस्थाको पुनःनिर्माण एवं प्राविधिक सहयोग प्रदान गर्न रु पाँच अर्ब सहयोग गर्ने एकाइ प्रमुख श्रेष्ठले जानकारी दिए ।

सम्झौतानुसार संस्थाले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभे्रपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक गरी सात जिल्लाका ७० माध्यमिक विद्यालयको पुनःनिर्माणमा प्राविधिक सहयोग गर्नेछ ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालय पुनःनिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिने बताइएको छ ।

संस्थाले सरकारको विपद् उत्थानशील पुनःनिर्माण निर्देशिकानुरुप शैक्षिक संरचनाको पुनःनिर्माण एवं प्रबलीकरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) सँग सहकार्य गर्ने जनाइएको छ ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्झौताबमोजिम सात जिल्लाका शैक्षिक संरचना बनाउन स्थानीय सरकारको साथ सहयोग पनि जुटाइने प्रतिबद्धता व्यक्त गरे । निजी आवास पुनःनिर्माणले गति लिएको पनि उनले बताए ।

राजदूत सिंहले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई पूर्णता दिन शिक्षा पहिलो आधार भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -