काठमाडौं, २०७५ साल फागुन २३ गते बिहिबार । टुँडिखेलमा एक हप्ते निःशुल्क योग शिविर हुने भएको छ । मनोक्रान्ती केनसको आयोजनामा फागुन २६ गतेदेखि चैत २ गतेसम्म योग शिबिर हुन लागेको हो ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रले एक साता टुँडिखेलमा हरेक दिन विहान साढे ६ बजे देखि साढे ८ बजे सम्म योग शिबिर सञ्चालन गर्ने जानकारी दिएको छ । केन्द्र स्थापनाको ३२औँ बर्ष पुगेको सन्दर्भ पारेर निःशुल्क योग शिवीर गर्न लागिएको संस्थाका अध्यक्ष डा। योगी विकासान्दले जानकारी दिनुभयो ।
शिबिरमा सहभागीलाई योगी विकासान्दले नै योग गराउनेछन् । नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न र तनावमुक्त जीवन जिउन प्रेरित गर्ने उद्देश्यले शिवीर गर्न लागिएको उहाले बताउनु भयो । समाजको रुपान्तरण मात्र नभई स्वस्थ जीवनयापनका लागि पनि योग, ध्यानको भूमिका महत्वपूर्ण हुने केन्ऽका महासचिव डा। सुवास घिमिरे बताउँछन् ।
योग शिविर अवधिभर काठमाडौं बाहिरबाट आउने व्यक्तिहरुलाई आवसिय व्यवस्था गरिने केन्द्रले जनाएको छ । योग शिवीरमा दैनिक झण्डै १० हजार जनाको सहभागिता हुने आयोजकको अपेक्षा छ ।
प्रचार प्रसारका लागि मुलुकभरका मनोक्रान्ती केन्द्रहरुलाई आमन्त्रण गरिएको केन्ऽका अध्यक्ष डा। योगिविकासान्दले जानकारी दिनुभयो ।
शिबिर सञ्चालनका लागि विभिन्न सामाजिक संस्था र स्थानीय तहहरुबाट आर्थिक सहयोग लिइएको केन्द्रले जनाएको छ । योग शिवीर सञ्चालनमा १८ लाख भन्दा बढी खर्च हुने आयोजनकको अनुमान छ ।